प्रचण्डको प्रश्न : कतिजना प्रधानमन्त्री बनाए ‘गिनिज बुक’मा नाम लेखिन्छ ?

प्रचण्डको प्रश्न : कतिजना प्रधानमन्त्री बनाए ‘गिनिज बुक’मा नाम लेखिन्छ ?

काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कतिजना प्रधानमन्त्री बनाए गिनिज बुकमा नाम लेख्न मिल्छ भन्दै प्रश्न गरेका छन्। नेपालमा शान्ति प्रक्रियामा आएपछिका १० वर्षमा १० प्रधानमन्त्री बनेको र आठ जनालाई आफैंले प्रस्ताव गरेको भन्दै प्रचण्डले यस्तो प्रश्न गरेका हुन्।

आइतबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिँदै प्रचण्डले भने, ‘मलाई खुशी र गर्व पनि छ। आज मैले प्रधानमन्त्रीको कार्यकक्षामा बसेर हिसाब गरेँ। शान्ति प्रक्रियापछि १० वर्षमा १० प्रधानमन्त्री भएछौँ। आठ प्रधानमन्त्री बनाउने अवसर मैले पाएँ। मैले नै प्रस्ताव गर्नै अवस्था आएछ। कतिवटा प्रधानमन्त्री बनाएपछि गिनिज बुकमा नाम लेखिन्छ होला ?’

प्रचण्डले यो प्रश्न गर्दै आफूले प्रस्ताव गरेका प्रधानमन्त्रीको नाममा गिरिजाबाबु (गिरिजाप्रसाद कोइराला)लाई नसमेटेको प्रष्ट पारे।
‘मैले गिरिजाबाबुको नाम गनेको छैन। उहाँ अलग ढंगले प्रधानमन्त्री बन्नुभयो। कतिपयलाई संसदमा ल्याउन प्रत्यक्ष भूमिका खेलेको छु। कतिपयलाई विभिन्न हैसियतमा हुँदा प्रधानमन्त्री बनाउँने प्रस्ताव गरेको छु’, प्रचण्डले भने, ‘यो पटक मलाई नयाँ अनुभूति भएको छ। संविधान घोषणा गरेर। तीन तहको निर्वाचन गरिसकेपछि देशमा राजनीतिक स्थायित्वको कसम खाएर प्रधानमन्त्रीलाई विश्वासको मत दिने पहिलो हस्ताक्षरकर्ता भएकोमा गर्वानुभूति छ।’

यो प्रस्ताव र हस्ताक्षर विलकुल नयाँ भएको उनले प्रष्ट पारे। प्रचण्डले यो संसदीय अभ्यास मात्र नभएर नयाँ परिवर्तन भएको समेत बताए। ‘यो चानचुनेकुरा छैन है ! यो विगतको जस्तो होइन। विलकुल नयाँ कुरा हो। संसदीय व्यवस्था र अभ्यासको कुरा पटकपटक भन्नुभएको छ। संविधानमा के लेख्यौँ सबैलाई थाहा छ। हामी अहिले समावेशी लोकतन्त्रको अभ्यास गर्दै छौँ। विल्कुल संसदको मात्र कुरा गर्यौँ भने त्यो गलत हुन्छ’, प्रचण्डले नयाँ परिस्थितिको व्याख्या गर्दै भने, ‘त्यो भन्दा फरक होइन भन्ने बुझियो भने उपलब्धि र जानुपर्ने बाटो अलमलिने खतरा आउँछ। हामी त्यो पुरानो संसदीय व्यवस्था भन्दा माथि उठेका छौँ।’

उनले अहिलेको परिस्थिति हामी ०४६, ०१५ र ०१७ सालको जस्तो नभएको समेत स्पष्ट पारे।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.