राजपाले ओलीलाई भन्योः हातेमालो गर्छौँ, लाने कि नलाने ?

राजपाले ओलीलाई भन्योः हातेमालो गर्छौँ, लाने कि नलाने ?

काठमाडौँः मधेस केन्द्रित राष्ट्रिय जनता पार्टी नेपालले आफूहरु पनि सरकारमा जान तयार रहेको बताएको छ । राजपाको अध्यक्षमण्डलका सदस्य तथा सांसद महेन्द्र राय यादवले आइतवार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रधामन्त्री केपी ओलीप्रति आफूहरुको पूर्ण विश्वास रहेको पनि बताए ।

तर उनले सरकारले संविधान संशोधनको प्रतिवद्धता भने पुरा गर्नुपर्ने बताए । ‘हामी लिखित सम्झौताको पक्षमा छैनौँ, सरकारले प्रतिवद्धता जनाओस’, उनले भने, ‘२ नम्बर प्रदेश सरकारलाई एमाले–माओवादीले समर्थन गरेको छ । त्यसले विश्वासको जग बलियो भएको छ । यहाँ सरकारले समर्थन चाहेको हो भने हाम्रा माग पुरा हुनुपर्छ ।’

नेता यादवले ओली सरकारसँग हातेमालो गर्न तयार रहेको पनि सन्देश दिए । ‘हातेमालो गर्न तयार छौँ, हामीलाई लाने कि नलाने ?’, उनले भने, ‘तर संविधान संशोधनसहितका राजनीतिक मुद्दा हल नगरी कसरी अघि बढ्न सकिन्छ ?’

यादवले प्रधामन्त्री ओलीप्रति र उनको बचनमा विश्वास रहेको पनि जिकिर गरे । ‘प्रधामन्त्रीको बचनमा विश्वास छ, प्रमले बोलेपछि पुरा गर्छन्, हामी विश्वस्त छौँ’, उनले भने, ‘अघि बढ्न सर्वदलीय बैठक बोलाऊँ, हामीले विश्वासको मत दिन तयार छौँ, नेपाल र नेपाली एक भएका छन् ।’

सांसद यादवले आफ्नो पार्टीका सांसद रेशम चौधरीलाई संसदमा उपस्थित गराउन सकेको भए ओली सरकारलाई समर्थन दिने वातावरण बनिसक्ने जिकिर गरे । ‘रेशम चौधरी संसदमा भएको हामीलाई आँट आउँथ्यो सरकारलाई समर्थन गर्न’, उनले भने, ‘तर सरकारले त्यसो गर्न सकेन, सरकारले प्रतिवद्धता पुरा गरेलगत्तै हामी सरकारमा जान र समर्थन गर्न तयार छौँ ।’

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.