पिपलटारमा बस दुर्घटना, १७ घाइते तीनको अवस्था गम्भीर

पिपलटारमा बस दुर्घटना, १७ घाइते  तीनको अवस्था गम्भीर

नुवाकोट : नुवाकोटको पिपलटारमा आइतबार दिउँसो बस दुर्घना हुँदा १७ जना घाइते भएका छन्। घाइतेमध्ये तीनजनाकाे अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार त्रिशूली–देवीघाट–गल्छी सडकखण्डको वीचमा रहेको विदुर नगरपालिका वडा नं. ५ लामिबगैंचामा आइतबार दिउँसो त्रिशूलीबाट पिपलटार हुँदै देवीघाट जाने क्रममा रहेको वा १ ख ६५१९ नम्बरको बस दुर्घटना हुँदा १७ जना घाइते भएका हुन्।

प्रहरीले बस चालक नुवाकोटको विदुर नपा वडा नं. ५ का गोहिन्द्रराज गजुरेललाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ।घाइते १७ मध्ये गम्भीर अवस्थाका दुई जनालाई अपरान्ह काठमाडौ लगिएको छ भने १३ जनाको विदुरस्थित नुवाकोट सिटी अस्पताल एण्ड रिसर्च सेन्टर, दुईजनाको वट्टारस्थित सन्जीवनी उपचार केन्द्रमा उपचार भइरहेको जिल्ला प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक वसन्तबहादुर कुंवरले जानकारी दिए

गम्भीर घाइते भएका विदुर नपा वडा नं. ५ का २७ वर्षीय ईश्वर परियार र ३० वर्षीया विना डंगोललाई थप उपचारका लागि काठमाडौ पठाइएको छ। यसका साथै धादिङ वैरेनीकी ३७ वर्षीया दीपा सुनार पनि गम्भीर घाइते रहेको जिल्ला प्रहरी प्रमुख कुँवरले बताए।बसको पछाडिको देव्रेतर्फको दुईवटै टायर ढिक्कासहित स्थानीय एक व्यक्तिको पसलभित्र पसेको थियो।

nuwakot-accident.1

घाइतेकाे उपचार गरि‌दै। तस्बिर :देवचन्द्र भट्ट

nuwakot-accident.2


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.