विप्लवको पत्रले कर्णालीका जनप्रतिनिधि त्रसित !

विप्लवको पत्रले कर्णालीका जनप्रतिनिधि त्रसित !

सुर्खेत : नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले राजीनामा माग्दै पत्र पठाएपछि कर्णालीका जनप्रतिनिधि त्रसित बनेका छन्। राजीनामा मागिएको र असुरक्षित बनेको भन्दै यस क्षेत्रका जनप्रतिनिधिले सरकारसँग सुरक्षा मागेका हुन्।

पछिल्लो समय विप्लव नेतृत्वको पाटीले राजीनामा दिन भन्दै जनप्रतिनिधिलाई पत्र नै काटेको छ। जसका कारण यहाँका जनप्रतिनिधि त्रसित बनेका हुन्। नेकपाबाट आफूहरु असुरक्षित भएको भन्दै स्थानीय तहका जनप्रतिनिधिले तत्काल सुरक्षाको व्यवस्था गर्न प्रदेश सरकारसँग आग्रह गरे। कुनै पनि बेलामा आफूहरुमाथि खतरा रहेकाले सुरक्षाका लागि पहल गरिदिन प्रदेश सरकारसँग हारगुहार नै गरेका छन्।

प्रदेश सरकारले वीरेन्द्रनगरमा आइतबार यो प्रदेशका स्थानीय तहका जनप्रतिनिधिसँग छलफल कार्यक्रमको आयोजना गरेको थियो। सोही कार्यक्रममा सहभागी जनप्रतिनिधिले आफूहरु असुरक्षित भएको भन्दै सुरक्षाको माग गरेका हुन्।

डोल्पाको त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष होमबहादुर बुढाले आफूहरु ढुक्क भएर काम गर्ने अवस्था नरहेको बताए। उनले भने, ‘हाम्रो राजीनामा मागिएको छ, यस्तो अवस्थामा हामीले कसरी काम गर्ने ?’ यस्तै कालिकोटको रास्कोट नगरपालिकाका मेयर काशिचन्द्र बरालले जनप्रतिनिधिको सुरक्षाको ग्यारेण्टी सरकारले लिनुपर्ने बताए। उनले भने, ‘भरपर्दो सुरक्षा छैन, हामी बाटोमा हिँड्दा कसले सुरक्षा दिने ?’

जनप्रतिनिधिले सुरक्षाको माग गरेपछि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले यसमा सरकार गम्भीर रहेको बताए। उनले भने, ‘अहिले देशमा यो संविधान नै कार्यान्वयन हुन दिन्नौ भन्ने तत्वहरु सक्रिय छन्, यस्तो अवस्थामा केही चुनौतीहरु पनि छन्। तर सरकार ति चुनौती सामना गर्न प्रतिबद्ध छ, यस बारेमा सरकारले गम्भीर रुपमा सोच्नेछ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.