गगनले भनेः दुईतिहाइको नाममा केपी ओली ‘तानाशाही’

गगनले भनेः दुईतिहाइको नाममा केपी ओली ‘तानाशाही’

काठमाडौँः नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले दुईतिहाइ बहुमतका नाममा प्रधामन्त्री केपी शर्मा ओली ‘तानाशाही’ बन्न खोजेको आरोप लगाएका छन् ।

आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै कांग्रेसका सांसदसमेत रहेका थापाले लि क्वान बन्ने नाममा ओलीले ‘तानाशाही’ अभ्यास गर्न खोजेको जिकिर गरेका हुन् ।

‘दुईतिहाइ पछाडिको नियत के हो ? बहुमत हुँदा हुँदै बलियो राजनेता बन्न खोज्नुको स्वार्थ के हो ?’, गगनले भने, ‘हामीले शक्तिशाली शासकका रुपमा महेन्द्र र ज्ञानेन्द्र पनि भोगिसकेका छौँ । कांग्रेस दुर्घटना रोक्न चहान्छ, त्यसैले प्रतिपक्षमा बस्छ ।’

बीपी कोइरालाले कांग्रेस स्थापना गर्दा जनताका प्रतिनिधि छानेर तिनैबाट सरकार बनाउने संकल्प गरेको बताउँदै उनले तर महाराजहरुले पटक पटक संसद नै खाइदिएको प्रसंग पनि निकाले । संविधान संशोधन प्रयासमा पनि थापाले प्रश्न उठाए ।

‘एक वर्षअघिसम्म संविधान संशोधन उच्चारण गर्नु पनि राष्ट्रघात हो भन्ने एमाले दुईतिहाइका लागि संशोधन गर्न तयार भएको छ’, थापाले भने, ‘सरकारलाई बलियो बनाउने नाममा यस्ता सम्झौता गरिन्छ भने कांग्रेस चुप लागेर बस्दैन ।’

उनले अब देशमा समृद्धिको विकल्प नै नभएको पनि जिकिर गरे । ‘स्थिरता नभएकाले देश समृद्ध भएन भन्यौ । तर अब केन्द्र र प्रदेश सबैतिर स्थिर सरकार बन्दैछ । वाम गठबन्धनले मत माग्दा पनि समृद्धिका सपना बाँडेको छ’, थापाले अगाडि भने, ‘अबको पाँच वर्ष रेल आउँछ, पूर्व–पश्चिममा विद्युतीय रेल कुद्छ ? कृषि उत्पादन विदेशबाट ल्याउनुपर्दैन ? युवाले विदेशिने अवस्था पक्कै नआउला ।’

नेता थापाले प्रधानमन्त्री ओलीकोे बचनले धोती लाउनेको मन फाटिसकेको बताउँदै अब सरकारमा समर्थनको मतले नजोडिने पनि दाबी गरे । ‘प्रधानमन्त्रीको बचनले धोती लगाउनेको मन जसरी फाटिएको छ, त्यसलाई आजको मतले जोड्दैन’, उने भने, ‘सदनमा हिसाब किताब माग्न कांग्रेस प्रतिपक्षमा बस्छ ।’

भिडियो


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.