म एमालेको होइन, देशको प्रधानमन्त्रीः ओली

म एमालेको होइन, देशको प्रधानमन्त्रीः ओली

काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीले आफू एमाले नभई देशको प्रधानमन्त्री भएको बताएका छन् । आइतवार बसेको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीका लागि विश्वासको मत लिने क्रममा सांसदहरुले उठाएको प्रश्नको जबाफ दिँदै ओलीले सरकारको दुईतिहाइ बहुमत देश एक भन्ने सन्देश दिन रहेको जिकिर गरे ।

‘हामीसँग भएको आरामदायी दुईतिहाइ बहुमत देश एक जुट छ भन्ने सन्देश जनतालाई दिन हो’, उनले भने, ‘यो शालिनताका साथ एकताका लागि हो, दम्भ प्रदर्शन गर्न होइन ।’

ओलीले आफू नेकपा एमालेको मात्रै प्रधानमन्त्री नभएको पनि जिकिर गरे । ‘म नेकपा एमालेको प्रधानमन्त्री होइन । एमाले र माओवादी केन्द्रको मात्रै पनि होइन, नेपालको प्रधानमन्त्री हुँ, त्यस हिसाबले काम गर्छु’, उनले भने, ‘एमाले र माओवादी केन्द्रको तालमेल र त्यसैको नीतिको पृष्ठभूमिमा प्रम बनेको हुँ । तर, म त्यसका लागि मात्र काम गर्ने होइन ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.