गुरु नभएपनि म पास हुन्छुः प्रधानमन्त्री ओली
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले गुरु नभए पनि आफू पास हुने दाबी गरेका छन् । आइतबार प्रतिनिधिसाको बैठकमा विश्वासको मत लिने क्रममा उठेका प्रश्नको जवाफ लिने क्रममा प्रधानमन्त्री ओलीले यस्तो दाबी गरेका हुन् ।
उनले आफू एकलव्य जस्तै भएको दाबी गर्दै यस्तो बताएका हुन् । ‘प्रतिपक्षको गुरु नपाइन सक्छ । गुरु पाइन भने पनि परीक्षामा फेल हुन्न’, एकलव्यको उदाहरण दिँदै ओलीले भने, ‘म एकलव्य जस्तै हो । एकलव्यले गुरु नभए पनि पास गरे । द्रोणाचार्य नभए पनि उनका शिष्य उनी भन्दा कमजोर भएनन् ।’
ओलीले आफूले सम्पूर्ण इमानका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै कसैलाई पनि आशंका नगर्न आग्रह गरे । उनले प्रतिपक्षी दलका नेताले चुनावी घोषणापत्र पढेर आएर प्रश्न गर्ने बताएकोप्रति खुशी व्यक्त गरे । उनले चुनावी घोषणापत्र पढेर कण्ठस्थ पार्ने नेताको भनाइप्रति व्यङ्ग्य गर्दै भने, ‘चुनाव घोषणापत्र पढेर कण्ठस्त पारेर आउँछु भन्दा अत्यान्त खुशी लाग्यो । चुनावी घोषणापत्र बिहान बिहान पाठ गर्ने होइन । यो देश बनाउने प्रतिबद्धता पत्र हो । परलोकको कुरा होइन इहलोकको कुरा हो ।’