नुवाकोट बस दुर्घटनाका गम्भीर घाइते दुई जनाको मृत्यु

नुवाकोट बस दुर्घटनाका गम्भीर घाइते दुई जनाको मृत्यु

नुवाकोट : नुवाकोटको पिपलटारमा आइतबार दिउँसो बस दुर्घटना हुँदा गम्भीर घाइते भएका दुई जनाको मृत्यु भएको छ । घाइते बिदुर नगरपालिका ५ का ईश्वर परियार र ठेगाना नखुलेकी ३० वर्षीया बिना डंोलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका एसपी बसन्तबहादुर कुँवरले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार त्रिशूली–देवीघाट–गल्छी सडकखण्डको बीचमा रहेको विदुर नगरपालिका ५ लामिबगैंचामा आइतबार दिउँसो त्रिशूलीबाट पिपलटार हुँदै देवीघाट जाने क्रममा वा १ ख ६५१९ नम्बरको बस दुर्घटना हुँदा १७ जना घाइते भएका थिए ।

प्रहरीले बस चालक नुवाकोटको विदुर नपा ५ का गोहिन्द्रराज गजुरेललाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ। घाइते १५ मध्ये एक जना गम्भीर छन्।

घाइतेको विदुरस्थित नुवाकोट सिटी अस्पताल एण्ड रिसर्च सेन्टर, दुईजनाको वट्टारस्थित सन्जीवनी उपचार केन्द्रमा उपचार भइरहेको जिल्ला प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक कुँवरले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.