शान्तिका लागि तस्कर र भ्रष्टाचारी बाधक भएको गृहमन्त्री बादलको भनाइ

शान्तिका लागि तस्कर र भ्रष्टाचारी बाधक भएको गृहमन्त्री बादलको भनाइ

काठमाडौं : गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले शान्ति र स्थिरताका मुख्य बाधक तस्कर र भ्रष्टाचारी रहेको आरोप लगाएका छन् । गृहमन्त्रीको कार्यभार सम्हालेपछि पहिलो पटक आइतबार गृह मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै उनले तस्कर र भ्रष्टाचारीको हातमा अर्थतन्त्र पुगेको बताए ।

गृहमन्त्री थापाले भने, ‘देशको अर्थतन्त्र उकास्न शान्ति र स्थिरता आवश्यक छ । अहिले हाम्रो अर्थतन्त्र भ्रष्टाचारी र तस्करको हातमा छ । अब यो बन्द हुनुपर्छ ।’ उनले भन्सारमा हुँदै आएको अर्बाैं रकमको तस्करी रोक्ने बेला आएको बताए ।

‘केही व्यवसायीले अर्बौं राजस्व नतिर्ने र राजनीतिक नेताबाट सिफारिस गराएर राजस्वबाट उन्मुक्ति पाउने आएका छन्’, उनले भने, ‘कर छली र हुन्डी कारोबारी भ्रष्ट र तस्कर नियन्त्रणमा नलिएसम्म देश विकास र समृद्धि सम्भव छैन ।’ उनले कालोधन विदेश पु¥याएर वैध बनाई अवैध बाटोबाट भिœयाउनेमाथि समेत कारवाही गर्न गृह तयार रहेको बताए ।

उनले अब गृहले भ्रष्ट र तस्करमाथि प्रहार गर्ने र प्रहरी प्रशासन तथा कर्मचारीतन्त्रमा देखिएको विकृति रोक्ने बेला आएको बताए । उनले देशमा दिगो शान्ति स्थापना, पूर्ण सुरक्षा तथा जीउधनको रक्षा र सुशासन कायम गर्न आफू तल्लीन भएर लाग्ने उनले दाबी गरे । शान्ति र स्थायित्व भाँड्न खोज्ने जोसुकैलाई पनि नछाड्ने दाबी उनले गरे ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.