गर्मीसँगै आँखाका बिरामी बढे

गर्मीसँगै आँखाका बिरामी बढे

तुलसीपुर : गर्मी सुरु भएसँगै दाङमा आँखाका बिरामी बढेका छन्। फागुन लागेसँगै दैनिक सयदेखि एक सय ५० जनासम्म आँखाका बिरामी बढेको राप्ती आँखा अस्पताल रक्षाचौर दाङले जनाएको छ।

अस्पतालमा गर्मीसँगै आँखाका बिरामी बढेपछि प्राविधिकसमेत उपचारका लागि बेसी समयसम्म खटिनुपर्ने अवस्था आएको अस्पताल प्रशासनले जनाएको छ।

‘केही दिनयता आँखाका बिरामीको संख्या ह्वात्तै बढेको छ’, अस्पतालका नेत्र सहायक शालिकराम गौतमले भने, ‘मौसम परिवर्तनसँगै आँखामा संक्रमण बढेका बिरामी आउने गरेका छन्।’

आँखा रातो हुने, चिलाउने र बिजाउने समस्या भएका बिरामी बढी आउने गरेको उनले बताए।

दैनिक २ सयदेखि २ सय ५० सम्म बिरामी सामान्य अवस्थामा आउने गरेका थिए, गौतमले भने, ‘तर हिजोआज भने ३ सय ५० देखि ४ सयसम्म आँखाका बिरामी अस्पतालमा चेक जाँचका लागि आउने गरेका छन्।’

आँखा सुक्खा हुने र हावाहुरीका कारण आँखामा धुलो परी एलर्जी हुने गर्दा आँखामा विभिन्न समस्या देखा पर्ने अस्पतालले जनाएको छ।

त्यसैगरी, कुनै भाइरलको प्रकोप नभए पनि मौसम परिवर्तनसँगै आँखाका बिरामी बढेका छन्। ‘केही दिनयता आँखाका बिरामीको संख्या ह्वात्तै बढेको छ’, गौतमले भने, ‘अस्पतालमा हाल नेत्र सहायक र नेत्ररोग विशेषज्ञलाई बिरामी हेर्न भ्याइनभ्याइ हुने गरेको छ।’

अस्पतालमा १२ जनाको प्राविधिक टोली उपचारमा सक्रिय रहेकाले बिरामीको चाप व्यवस्थित गरिएको उनले बताए।

अस्पतालमा दुई जना विशेषज्ञ डाक्टर र १२ जना आँखा प्राविधिक कार्यरत छन्।

अस्पतालले आँखामा समस्या देखिनासाथ परीक्षण गराउन बिरामीलाई आग्रह गरेको छ।

दैनिक चार÷पाँच पटक चिसोपानीले आँखा सफा गर्न नेत्र अधिकृत गौतमको सुझाव छ। उनले भने, ‘धुलो तथा धुवाँबाट बचे आँखा चिलाउने र बिजाउने रोगको समस्याबाट मुक्त हुन सकिन्छ।’

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.