जाजरकोट बस दुघर्टनाको एक वर्ष : पीडितले अझै पाएनन् राहत

जाजरकोट बस दुघर्टनाको एक वर्ष : पीडितले अझै पाएनन् राहत

 

जाजरकोट : एक वर्षअघि जाजरकोटको बोहरामा २६ जनाको ज्यान जाने गरी भएको बस दुर्घटनाका घाइते भेरी नगरपालिका–१३ कुदुका प्रताप गिरी अपांग जीवन जिउन बाध्य छन्। उनी बोल्न र हिँड्न सक्दैनन्। श्रीमतीको सहारामा उनको दैनिकी चलिरहेको छ।

दुर्घटनामा घाइतेको सबै उपचार खर्च सम्बन्धित समिति र बसधनीले दिनुपर्ने हो। तर त्यही उपचार खर्चका लागि उनीहरूले पटकपटक आन्दोलन गर्नुपर्‍यो। उपचारमा पाँच लाख रुपैयाँभन्दा बढी खर्च भए पनि ५० हजार रुपैयाँ मात्र पाएको प्रतापकी श्रीमती असारी गिरीले बताइन्।

सोही ठाउँका धनवीर गिरीको पनि दुर्घटनामा खुट्टा काट्नुपर्‍यो। उनी नक्कली खुट्टाको सहारामा जिउन बाध्य छन्। तर उनले पनि उपचार खर्च पाएनन्। पाँच लाख दिने भनिए पनि दुर्घटनामा मृत्यु भएका परिवारले पनि जेनतेन एक लाख रुपैयाँ पाए। आफूहरू पटकपटक गाडी बन्द गरेरै आन्दोलनमा उत्रिए पनि खासै सुनुवाइ नभएको पीडितको गुनासो छ। बस दुर्घटनापछि राहत रकम तिर्न नसकेर भर्खर स्थापना भएको भेरीगंगा यातायात समिति नै विघटन गरिएको छ। राहत उपलब्ध गराउने सम्बन्धमा स्थानीय प्रशासनले पटकपटक प्रयास गरे पनि भने जति सहयोग दिलाउन नसकिएको सहायक प्रमुख जिल्ला अधिकारी जनकराज शर्माले बताए।

गत वर्ष फागुन २६ गते जाजरकोट सदरमुकाम खलंगाबाट जिल्लाकै छेडा १ खाराका लागि छुटेको ना ३ ख २२७९ नम्बरको यात्रुवाहक बस छिन्चु–जाजरकोट सडकखण्डको बोहरा गाउँनजिकै दुर्घटनामा पर्दा २६ जनाको मृत्यु भएको थियो। घटनामा ३६ जना घाइते भएका थिए। २३ जनाको चलानी लिएर गएको बसले बीच बाटोमा थप यात्रु राखेर ६३ जना बोकेको थियो। यात्रुले खचाखच भरिएको बस ब्रेक फेल भएर दुघर्टनामा परेको थियो।

 थोत्रा गाडी र चालकको लापरबाहीले सजिलो बाटोमा पनि दुर्घटना हुन थालेपछि स्थानीय चिन्तित छन्।

भेरीगंगा यातायात समितिको २५ वर्ष पुरानो थोत्रो बस, यात्रुको अत्यधिक चाप, ओरालो बाटोमा तीव्र गतिमा गाडी हुइँकाइएकाले अनियन्त्रित भई दुघर्टना भएको प्रहरी अनुसन्धानबाट खुलेको छ। बसको क्षमता ३२ जना यात्रुको रहेपनि दोब्वर यात्रु सवार थिए। बसपार्कबाट करिब चार किलोमिटर दूरीमा पर्ने भेरीमालिका नगरपालिका–४ बोहरागाउँनजिकै जंगलको मोडबाट तीन सय मिटर तल पासागाड खोलामा खसेको बस टुक्राटुक्रा भएको थियो। तीन वर्षअघि पनि जिल्लाको भुरमा बस दुघर्टनमा पर्दा ५४ जनाको ज्यान गएको थियो।

थोत्रा गाडी र चालकको लापरबाहीले सजिलो बाटोमा पनि दुर्घटना हुन थालेपछि स्थानीय चिन्तित छन्। पटकपटक दुर्घटना भई ठूलो मानवीय क्षति हुन थालेपछि सरकारले यस सडक खण्डमा सेफ्टी बार लगाएको छ। सडकछेउमा फलामे डन्डी र पर्खाल लगाइएपछि यात्रुले सुरक्षित महसुस गर्न थालेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.