आरोहण विकृति रोक्न कडाइ

आरोहण विकृति रोक्न कडाइ

काठमाडौं : आरोहणमा विकृति बढ्दै गएपछि पर्यटन विभागले सुधारका लागि कडाइ थालेको छ । आरोहण दलका सदस्य, गाइड, कम्पनी र सम्पर्क अधिकृतले जिम्मेवारीअनुरूप काम नगरेका कारण बर्सेनि आरोहणमा बेथिति बढेपछि विभागले कडाइ गरेको हो । आरोहणमा जाने सम्पर्क अधिकृत, आरोहण दल, गाइड र कम्पनीलाई सामान्य ब्रिफिङ दिएर पठाउँदा विकृति बढेको बुझाइ विभागको छ । तर, अब सम्पूर्ण जिम्मेवारी सम्बन्धित व्यक्ति वा संस्थाले नै बाध्यकारी रूपमा बहन गर्नुपर्नेसहित ब्रिफिङ दिन थालेको विभागका महानिर्देशक दिनेश भट्टराईले बताए ।

आरोहण अनुमति लिएपछि गर्न हुने र नहुने भनी सम्पूर्ण विषयमा जानकारी (ब्रिफिङ) दिएर पठाइने चलन छ । भारतीय दम्पत्तीले ६ हजार मिटरबाट फर्केर सगरमाथाको आरोहण गरेको प्रमाणपत्र लिनु, पेम्बादोर्जी शेर्पाले ८ घण्टा १० मिनेटमा सबैभन्दा छोटो समयमा सगरमाथा आरोहण गरेको झूटो सावित हुनुजस्ता गम्भीर त्रुटि आरोहणमा भइसकेको छ ।

‘सम्पर्क अधिकृत आधारशिविर पुग्दैन । तर, कम्पनीको प्रतिवेदनमा सबै पुगेको भन्ने आउँदा कारवाही गर्न समस्या भएका कारण नियन्त्रण गर्न ब्रिफिङ लिन थालेको हुँ’, विभागका महानिर्देशक भट्टराईले भने ।

कानुनी अधिकार र कर्तव्य पूरा नगर्दा आरोहण र गतिविधि गलत हुने भएकाले विश्वभर नकारात्मक सन्देश फैलिएको पनि उनले बताए।‘यस्ता गतिविधि नियन्त्रण नगरेसम्म आरोहण जगतलाई प्रभावकारी बनाउन सकिँदैन । विकृतिको मुख्य कारक नै आरोहण दल र सम्पर्क अधिकृत हो’, उनले भने ।

पर्वतारोहणसम्बन्धी नियमावली २०५९ को दफा ११ ले तोकिएको स्थान (आधार शिविर) नपुग्ने र आरोहण अवधिभर नबस्ने सम्पर्क अधिकृतको काज रद्द गरी सुविधा वञ्चित गराउने व्यवस्था छ । तर, ट्रेकिङ एजेन्सीको प्रतिवेदनमा सबै आधारशिविर पुगेको भन्ने उल्लेख हुने गरेको छ । कम्पनीले वा सम्पर्क अधिकृतले जसले गलत गरे पनि कारवाही गरिने भएको छ । यता नियमावलीको दफा ८ (ग) ले सगरमाथा आरोहीलाई समेत सम्पर्क अधिकृत खटाउने व्यवस्था गरे पनि नियम मिच्दै पाँच जना मात्र खटाउँदा विकृति रोक्न समस्या भएको छ ।

अन्य कर्मचारी आधारशिविर पुग्दैनन् र पुगे पनि अस्वस्थ भएर बस्न नसकेपछि फिर्ता हुने गरेका छन् । कानुनतः ७५ दिनको आरोहण अवधिभर आधारशिविरमै बस्नुपर्ने प्रावधान छ । हाल काज लिएर खटिए पनि आधारशिविर नपुगी काठमाडौं नै बस्ने गरेको पाइएको छ । नियामवलीको दफा ९ ले सम्पर्क अधिकृतको काम, कर्तव्य र अधिकारबारे उल्लेख गरेको छ । तर, यी कानुनी आधारको बेवास्ता गर्दा समस्या हुने गरेको विभागको ठहर छ । ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपालका अध्यक्ष नवराज दाहाल भने कम्पनीले गलत गरे कारवाही गरी पर्वतारोहण क्षेत्रको सुधार गर्नुपर्ने बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.