आज एक बजे राष्ट्रिय सभा अध्यक्षको मनोनयन, एमालेले ११ बजे उम्मेदवार टुंगो लगाउने

आज एक बजे राष्ट्रिय सभा अध्यक्षको मनोनयन, एमालेले ११ बजे उम्मेदवार टुंगो लगाउने

काठमाडौं : सोमबार दिउँसो एक बजे राष्ट्रिय सभा अध्यक्षका लागि मनोनयन दर्ताको समय तोकिएको छ । अध्यक्षको उम्मेदवारका लागि बिहान ११ बजे नेकपा एमालेको बैठक बसी उम्मेदवार तय गर्ने भएको छ । एमालेका नेता एवम् एमाले केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले ११ बजे सिंहदरबारमा बस्ने शीर्ष नेताहरुको बैठकले उम्मेदवार टुंगो लगाउने जानकारी दिए ।

राष्ट्रिय सभा अध्यक्षका लागि एमालेका पोलिट व्यूरो सदस्य पर्शुराम मेघी गुरुङ र गणेशप्रसाद तिमिल्सेनाको नाम चर्चामा आएको छ । सुमन प्याकुरेल, बलराम बास्कोटा, खिमलाल भट्टराई, शेरबहादुर कुँवरलगायत आकांक्षी भएपनि गुरुङ र तिमिल्सेना  मध्ये एक जना राष्ट्रिय सभाको अध्यक्ष उम्मेदवार बन्ने पक्का रहेको बुझिएको छ ।  अध्यक्ष पदको निर्वाचन भने बुधबार हुनेछ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.