२०२० सम्म गोदरेज नेपालको तेस्रो ठुलो ब्राण्ड

२०२० सम्म गोदरेज नेपालको तेस्रो ठुलो ब्राण्ड

गोदरेज कस्तो ब्राण्ड हो ?

गोदरेज भारतको इलेक्ट्रोनिक बजारमा नम्बर एक ब्राण्ड हो। गोदरेजले इलेक्ट्रोनिक्स सामान उत्पादन गर्न थालेको पनि ६० वर्ष पुरा भएको छ। यो ६० वर्षको अवधिमा ब्राण्डले सधै वातावरणलाई सबै भन्दा बढी प्राथामिकतामा राखेर सामान उत्पादन गर्दै आएको छ। त्यसको उदाहरणको रूपमा कम्पनीले बजारमा ल्याएको ग्रिन एसी एक हो। यस्ता प्रोडक्ट प्रयोग गर्दा बाहिरी वातावरणलाई कुनै हानि नपुगोस भन्ने नै कम्पनीको लक्ष रहेको छ। यसका साथै कम्पनीले जहिले पनि ग्राहकको माग अनुसारका उत्पादन ल्याउने गरेको छ। ग्राहकले के चाहन्छन, कस्तो उत्पादनले ग्राहक सुन्तुष्ट हुन्छन् भन्ने अध्ययन गरेर मात्र प्रोडक्ट उत्पादन गर्दै आएको छ।

नेपालमा गोदरेज ब्राण्डको अवस्था कस्तो छ ?

नेपालमा गोदरेज ब्राण्ड भित्रिएको ८ वर्ष पुरा भएको छ। यो अवधिमा हामिले ठुलै सफलता हात पारेका छौं। हाम्रा उत्पादनले नेपाली ग्राहकको मन जितेको छ। अहिले नेपाली इलेक्ट्रोनिक बजारमा गोदरेजकाका फ्रिज सबैभन्दा रुचाइएको प्रोडक्टको रूपमा स्थिापित भईसकेको छ। गोदरेज नेपाली फ्रिज बजारमा बजार हिस्साको आधारमा तेस्रो ठुलो ब्राण्डको रूपमा स्थिापित भएको छ। अहिले यो ब्राण्डले नेपाली इलेक्ट्रीक घरायसी सामाग्रीको बजारमा १३ प्रतिशत बजार हिस्सा ओगटेको छ। गोदरेजले अहिले वार्षिक रूपमा ३५ करोडको कारोबार गर्दै आएको छ। भने, सन् २०२० सम्म कम्पनीको बार्षिक कारोबार ७० करोड पुर्‍याई नेपालमा तेस्रो ठुलो ब्राण्डको रूपमा स्थिापित हुने योजनाका साथ हामी लागी परेका छौं।

सन् २०२० सम्म गोदरेजलाई नेपालको तेस्रो ठुलो ब्राण्ड बनाउने भन्नु भयो त्यसका लागि के गर्दै हुनुहुन्छ ?

हो पक्कै पनि हामिले, सन् २०२० सम्म नेपालमा तेस्रो ठुलो ब्राण्डको रूपमा स्थिापित हुने योजनाका बनाएका छौं। त्यो प्राप्त गर्नको लागि हाम्रो बार्षिक कारोबार ठुलो मात्रामा वृद्धि गर्न जरुरी रहेको छ। अहिले बार्षिक कारोबार ३५ करोड रहेकोमा यसलाई डबल बनाएर ७० करोड पुर्‍याउने हाम्रो लक्ष छ। त्यसका लागि नेपालले भर्खरै लागु गरेको संघिय संरचान अनुसार सातै प्रदेशमा आफ्नो सेवालाई विस्तार गर्ने छौं। ग्राहक केन्द्रीत भएर सेल्स पछिको सेवालाई प्राथामिकताका साथ काम गरिने छ।

नेपालमा चौधरी गु्रप यसको आधिकारी बिक्रेताको रूपमा रहेको छ। चौधरी गु्रपले अहिलेसम्म गोदरेजको नेपाल भर एक सय ४० वटा डाइरेक्ट डिलर विस्तार गरि सकेको छ। भने, सन् २०१८ सम्ममा डाइरेक्ट डिलरको संख्या बढाएर दुई सय बनाइने छ। यसका साथै कम्पनीले नेपाली ग्राहकका लागि नयाँ नयाँ उत्पादन भित्रयाइ रहेका छौं। आजैमात्र हामिले चार वटा नयाँ प्रोडक्ट सार्वजनिक गरेका छौं। यसले नेपाली ग्राहमाझ हामिलाई पुग्न अझ सहज पुर्‍याउने विश्वास छ।

नेपाली बजारमा नयाँ उत्पादनको रूपमा के–कस्ता उत्पादन भित्रिए ?

गोदरेजले नेपाली बजारमा बुधबार चार नयाँ उत्पादन सार्वजनिक गरेको छ। एनएक्सडब्लु सिरीजमा डवल डोर फ्रिज र एयर कन्डीसनरका साथै चेस्ट फ्रिजर, फ्रन्ट लोडिङ वासिङ मेसिन सार्वजनिक गरेको छ। हामिले नेपालमै पहलो पटक फ्रिज सेक्सन माथि र फ्रिजर सेक्सन तल भएको फ्रिज बजारमा ल्याएको छौं। उक्त फ्रिजमा डिजिटल टच कन्ट्रोल प्यानल, परिकार अनुसार आवश्यक टेम्पेचरका लागि जेटीआरटी, स्मार्ट एयर लक जस्ता प्रविधि रहेका छन्।

चेस्ट फ्रिजरमा पनि नेपालमै पहिलो पटक फ्रिजर र कुलर दुबै सुविधा सहितको चेस्ट फ्रिजरमा भित्रिएको छ। यसले अन्य चेष्ट फ्रिलजरको तुलनामा ४० प्रतिशत बिधुत खपत कम गर्नेछ। फ्रन्ट लोड वासिङ मेसिनमा कम्पनीले ईको ब्यालेन्स, थ्रि लेभल स्टेन सेलेक्टर र नाईट वास सुविधा छन्। त्यस्तै ग्रिन इन्भटर टेक्नोलोजीमा अधारित एसी पनि हामिले भित्रयाएका छौं। उक्त एसीले अन्य प्रोडक्टो तुलनामा ३१ प्रतिशत इनर्जि सेभिङ गर्नेछ। उक्त एसीमा प्रयोग भएको कम्प्रसेरमा १० वर्ष वारेन्टी ग्राहकले पाउनेछन्।

बजारमा विभिन्न ब्राण्डका उत्पादन छन, त्यस बिचमा नेपाली ग्राहकले गोदरेजको प्रोडक्ट नै किन रोज्ने ?

गोदरेज गुणस्तरीय प्रोडक्टको लागि चिनिएको ब्राण्ड हो। कम्पनीले सँधै ग्राहकको लागि गुणस्तरीय उत्पादन दिँदै आएको छ। यसका साथै कम्पनीका उत्पादन वातावरण मैत्री भएकाले पनि ग्राहकले यसलाई ढुक्क भएर प्रयोग गर्न सक्छन्। त्यसमा पनि चौधरी ग्रुपसँग नेपालमा सहकार्यमा नेपालमा सामान भित्रयाउने भनेको गुणस्तरको प्रतिक हो। नेपालमा चौधरी ग्रुपले भित्रयाएका सबै उत्पादन गुणस्तरीय रहेका छन्।

गोदरेजको नेपालमा आगामी योजना के रहेको छ ?

हाम्रो योजना भनेको सधै ग्राहकलाई सन्तुष्टी प्रदान गर्नु हो, त्यसका लागि आवश्यक सम्पुण उत्पादन कम्पनीले उत्पादन गर्नेछ। कम्पनीले नेपाली ग्राहले के–कस्ता उत्पादन मन पराउँछन् भनेर अध्यय गर्ने देखीका सबै कामलाई प्राथामिकतामा राखेर त्यही अनुसारको काम पनि गरि रहेको छ। यसका साथै कम्पनीले नेपालमा रहेको चौधरी गु्रपसँगको सहकार्यलाई कम्पनीले अझ विस्तार गर्दै जाने योजना बनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.