साना किसानका उत्पादन भान्सामा
थोक कर्जा लगानी गर्ने केन्द्रीय स्तरको लघुवित्त विकास बैंकको मान्यताअनुसार २०३२ मा साना किसान विकास बैंक स्थापना भएको हो। नेपालको ग्रामीण क्षेत्रका साना किसान सहकारी संस्थाहरू र गरिबी निवारणमा संलग्न समान प्रकृतिका अन्य लघुवित्त संस्थालाई थोक र पटके कर्जा प्रदान गर्ने उद्देश्यसहित बैंकको स्थापना भएको हो। लघु व्यवसाय एवम् ग्रामीण वित्त बजारको विकास, विस्तार, प्रवद्र्धन र सुदृढीकरण गर्ने तथा वित्तीय एवम् प्राविधिक सहयोग उपलब्ध गराउने र आवश्यक तालिम उपलब्ध गराउन सहयोग गर्ने बैंकको उद्देश्य रहेको छ।
संस्थाहरूको संस्थागत एवं मानव संसाधन विकास गर्दै ग्रामीण जनताको आम्दानी र रोजगारीका अवसर बढाई गरिबी निवारणसम्बन्धी कार्यमा सघाउ पुर्याउने लक्ष्यसहित बैंक अघि बढेको छ। हाल बैंकले मुलुकमा छरिएर रहेको पुँजीलाई एकीकृत गरी संस्थागत लगानी तथा स्वस्थ प्रतिस्पर्धाको माध्यमबाट वित्तीय मध्यस्थताको सेवा उपलब्ध गराउँदै आएको छ।
आइतबार बैंकले स्थापनाको सत्रौं वार्षिकोत्सब मनाएको छ। साना किसान विकास आयोजनाबाट सहकारीमा रूपान्तरित साना किसान सहकारी संस्थाहरूलाई ऋण पुँजीको व्यवस्था गर्न २०५८ सालमा राष्ट्रियस्तरको ‘घ’ वर्गको लघुवित्त बैंकका रूपमा यो बंैकको स्थापना भएको हो। यस बैंकले आर्थिक वर्ष २०७४÷०७५ को अर्धवार्षिक अवधिमा १७ करोड १६ लाख रुपैयाँ खुद मुनाफा गरेको छ। यो नाफा चालू आर्थिक वर्षको अनुमान गरिएको भन्दा ५० ले बढी हो।
चुक्ता पुँजी ६२ करोड ८८ लाख २८ हजार छ। हाल बंंैकको अधिकृत तथा जारी पँुजी एक अर्ब छ। बैंकको सेयर पुँजीमा साना किसानको ४४ प्रतिशतभन्दा बढी हिस्सा छ। २०७४ पुस मसान्तमा बैंकको कुल सम्पत्ति १७ अर्ब २५ करोड पुगेको छ। गतवर्षको सोही अवधिको तुलनामा यो रकम ३० प्रतिशतले बढेको छ। पुससम्म ५९ अर्ब ७७ करोड लगानी गरी ४४ अर्ब १८ करोड रुपैयाँ असुली गरेको छ। बैंकले १५ अर्ब ५९ करोड ऋण प्रवाह गरेकोे छ। बैंकको भाखा नाघेको कर्जा रकम एक प्रतिशतभन्दा कम छ भने कर्जाको असुली दर ९९.७६ प्रतिशत रहेको छ।
देशका ६८ जिल्लामा ६ सय ६३ सहकारीमार्फत सात लाखभन्दा बढी परिवारमा बैंकको सेवा पुगेको छ। बैंकमा सेवा लिनेमा महिलाको सहभागिता ७७ प्रतिशत छ। थप दुई सय सात संस्था बैंकबाट सेवा लिन आबद्ध हुने क्रममा छन्।
बैंकका साझेदार संस्थाहरूको चालू आवको पुससम्म ३८ अर्ब ४४ करोड ३० लाख लगानी छ। बैंकमा आबद्ध संस्थाहरूले २५ अर्ब ६१ करोड १६ लाख बराबरको आन्तरिक पुँजी निर्माण गरी परिचालन गरेका छन्। यस तथ्यबाट बैंकमा आबद्ध संस्थाहरूको आत्मनिर्भरता र वित्तीय सक्षमतामा वृद्धि भएको हुँदै गएको छ।
संस्थाहरूको संस्थागत एवं मानव संसाधन विकास गर्दै ग्रामीण जनताको आम्दानी र रोजगारीका अवसर बढाई गरिबी निवारणसम्बन्धी कार्यमा सघाउ पुर्याउने लक्ष्यसहित बैंक अघि बढेको छ।
बैंकले लघुकर्जा, सहुलियत ब्याजदरमा दूध तथा मासुजन्य पशुपालन कर्जा, भूकम्पपीडितका लागि जीविकोपार्जन पुनःस्थापना, वैकल्पिक ऊर्जा, चिया उद्योग सञ्चालन जस्ता किसानका मागअनुसारका कर्जा कार्यक्रम सञ्चालन गर्दै आएको छ। यसका अतिरिक्त किसानका लागि उन्नत बीउबिजन कर्जा कार्यक्रम लागू भएका पश्चिम र मध्यपश्चिमका सात जिल्लामा सहुलियत कृषि कर्जा कार्यक्रम लागू गर्ने तयारी गरेको छ। कृषिको मूल्य शृंखला अभिवृद्धिका लागि बैंक सोहीबमोजिमका कर्जा सेवा उपलब्ध गराउन प्रयासरत छ।
नेपाल सरकारको ऋण सहयोगमा सञ्चालन हुँदै आएको मासु÷दुग्धजन्य पशुपालन कर्जा कार्यक्रमतर्फ २०७४ पुससम्म ९१ हजारभन्दा बढी किसानलाई आठ अर्ब ८२ करोड कर्जा प्रवाह भएकोे छ। सो रकमबाट किसानले बाख्रा, बंगुर, पाडापाडी, भैंसी र गाईजस्ता चार लाख ९० हजार पशुवस्तु पालन गरेका छन्। यस कार्यक्रमका माध्यमबाट वार्षिक झन्डै चार अर्ब गरी हालसम्म १३ अर्बभन्दा बढीको मासु तथा दुग्धपदार्थ उत्पादन भएको अनुमान गरिएको छ।
संयुक्त राष्ट्र संघ पुँजी विकास कोष (यूएनसीडीएफ)को सहकार्यमा सञ्चालित साना किसानका घरलाई उज्यालो पुर्याउने कार्यक्रम सम्पन्न हुने अवस्थामा पुगेको छ। सो कार्यक्रममार्फत ४० हजार घरपरिवार लाभान्वित हुनेछन्। नेपाल सरकारको सहयोगमा साना किसान सहकारी संस्थामार्फत पशुधन सुरक्षण÷पशुपालन प्रवद्र्धन, सामाजिक तथा सामुदायिक, तालिम र साना किसान सहकारी अनुसरणजस्ता कार्यक्रम सञ्चालित छन्। सो कार्यक्रममार्फत करिब दुई अर्बबराबरको ग्रामीण भौतिक संरचना निर्माण कार्य भएका छन् भने पाँच लाखभन्दा बढी परिवार लाभान्वित भएका छन्।
बैंकले युवाहरूलाई कृषि पेसामा आकर्षित गर्न विगत पाँच वर्ष अघिदेखि २०–३० वर्ष उमेर समूहका साना किसानका छोराछोरीलाई इजरायलमा १०÷११ महिना अवधिको आधुनिक कृषि तालिमको व्यवस्था गर्दै आएको छ। हालसम्म दुई हजार एक सय ४४ जनाले इजरायलमा तालिमको अवसर प्राप्त गरेका छन्। इजरायल पठाइएकोमा एक हजार ६ सय एक जना तालिम सम्पन्न गरी स्वदेश फर्केका छन्। अन्य तालिम अवधि पूरा भएको छैन। यो कार्यक्रम नेपालको कृषिको व्यवसायीकरणमा कोसेढुंगा सावित हुने अपेक्षा छ। यस्तो तालिम आगामी दिनमा पनि निरन्तरता दिन बैंक प्रयासरत छ।
बैंकको क्षमता र अनुभवअनुरूपको योगदान दिन वर्तमान कानुनी व्यवस्था र वित्तीय स्रोतको अभाव नै मुख्य चुनौतीका रूपमा देखिएको छ। ‘घ’ वर्गको लघुवित्त संस्थाको दायराले व्यावसायिक कृषि कार्य गर्न चाहने, मूल्य शृंखला अभिवृद्धि गर्न चाहने अनि अहिलेको युवा साना किसानको चाहना र आवश्यकताअनुसारको ऋण सेवा दिन सक्ने अवस्था छैन। तसर्थ, नेपालको विपन्न र साना किसानहरूको आर्थिक समृद्धि गर्ने चाहना पूरा गर्ने हो भने यस कार्यक्रमलाई कृषिमा यन्त्रीकरण, व्यवसायीकरण र औद्योगिकीकरण गर्न सहज हुने खालको विशेष कानुनी व्यवस्था गर्नुपर्ने बेला आएको छ।
बैंकले मुलुकमा छरिएर रहेको पुँजीलाई एकीकृत गरी संस्थागत लगानी तथा स्वस्थ प्रतिस्पर्धाको माध्यमबाट वित्तीय मध्यस्थताको सेवा उपलब्ध गराउँदै आएको छ।
कृषि उत्पादनमा साना किसानहरूको सहयोगमा अग्रणी भूमिका खेल्दै आएको बैंकले उनीहरूको ऋणको आवश्यकता मात्र पूरा गर्न सके पनि उत्पादन गर्ने क्षमता अभिवृद्धि भई किसानलाई लाभ पुग्नुका साथै मुलुकलाई नै फाइदा पुग्नेछ। देशमा कृषिको व्यवसायीकरण एवं उत्पादन र उत्पादकत्व बढाउन आवश्यक छ। आगामी दिनमा कृषिमा युवालाई आकर्षित गरी कृषि उत्पादन, प्रशोधन र बजारीकरण कार्यको विकास गरी मूल्य शृंखला अभिवृद्धिमार्फत साना किसानलाई आवश्यक पर्ने बीउबिजन एवं प्रत्येक नेपालीको भान्सामा साना किसानका उत्पादन पुर्याउने बैंककोे लक्ष्य छ। प्रस्तुति : मेनुका कार्की