भविष्य निर्माणका ८ खुट्किला
१. करियरका सम्भावित योजनाहरू पत्ता लगाउनुस्
आफ्नो रहर, क्षमता र मान्यताअनुसार कस्तो करियर उपयुक्त हुन्छ, लिस्ट तयार पार्नुहोस्। तयार भएको सबै क्षेत्रका बारेमा अध्ययन अनुसन्धान गर्नुहोस्। विकल्पहरूलाई छोट्याउँदै जानुहोस्।
२. एउटालाई महत्व दिनुहोस्
सम्भावना अनेक क्षेत्रमा हुन सक्छन्, आफूलाई मन परेको रोज्नुहोस्। तपाईंका लागि महŒवपूर्ण के हो ? तपाईंले रोजेको क्षेत्रलाई परिवारले सहयोग गर्लान् वा नगर्लान् ! तपाईंले रोजेको पेसाले परिवार वा साथीभाइलाई मद्दत पुग्ला या नपुग्ला ! बरु, महत्वपूर्ण पक्ष तपाईंको रोजाइ हो।
३. दाँज्नु होस्
पहिला, तपाईंले करियरका विभिन्न क्षेत्र टिप्नोस्। तपाईंले रोज्नुपर्ने क्षेत्र थाहा पाउनुहुन्छ। आफूले रोजेको क्षेत्रलाई अन्य करियरका सम्भावनाहरूसँग तुलना गर्नुहोस्।
४. कामको अन्य पक्षहरूमाथि जानकार हुनुहोस्
तपाईंले रोजेको कामका लागि तपाईंसँग कस्तो क्षमता हुनुपर्छ भन्ने कुरा थाहा पाउनुहोस्। रोजेको कामका लागि तपाईंको क्षमता पुग्छ ? अरू शैक्षिक योग्यता वा तालिमको आवश्यकता पर्छ ? साथी, परिवार वा अन्य सम्बन्धितबाट कामका बारेमा सल्लाह लिन सक्नुहुन्छ।
५. छनोट गर्नुहोस्
आफ्नो लागि उपयुक्त क्षेत्रको छनोट गर्नुहोस्। करियरका बाटाहरू छनोट गर्दा तपाईंको सामाजिक र आर्थिक अवस्थाले फरक पार्न सक्छ। यदि करियर छनोटको पहिलो चरणमा हुनुहुन्छ भने सम्भावित क्षेत्रहरू के–के हुन् सक्छन् भनेर टिप्नुहोस्। त्यसपछि, क्षेत्रहरूलाई एकपछि अर्को गर्दै घटाउन थाल्नुहोस्।
६. स्मार्ट क्षेत्र रोज्नुहोस्
कुन क्षेत्रमा लाग्ने भनेर तपाईंले निर्णय लिनुपर्छ। आफ्नो लक्ष्य, समय, योजनाअनुसार उत्कृष्ट क्षेत्र छनोट गर्नुहोस्। योजनालाई अल्पकालीन र दीर्घकालीन गरी दुई भागमा छुट्याएर काम अघि बढाउनुस्।
७. आफ्नो करियर योजनामा रमाउनुहोस्
तपाईंको आशा वास्तविकतासँग मेल खाने हुनुपर्छ। आफ्नो लक्ष्य चुम्न कस्तो पाइला चाल्नुपर्छ भन्ने योजना बनाउनुहोस्। आवश्यकताअनुसार योजनाहरूलाई परिमार्जन पनि गर्न सक्नुहुन्छ।
८. करियर परामर्शदातासँग भेट्नुहोस्
करियर परामर्शदाताहरूले तपाईंलाई उचित सल्लाह दिनेछन्। तपाईंको योजनाहरू परामर्शदातालाई सुनाउनुहोस्। र, जीवनमा सफल हुनुहोस्।