१६ किलो अवैध चाँदीसहित दुर्इ पक्राउ
काठमाडौ : १६ किलो २५० ग्राम चाँदी र ९८ हजार ५ सय नगदसहित एक पक्राउ परेका छन् । पर्सा जिल्लाको विरगंज महानगरपालिका वडा नं.२ श्रीराम हल नजिक स्थायी घर भएका हाल नागार्जुन नगरपालिका वडा नं.७ सितापाला बस्ने ४० वर्षीय सुरेश सर्राफ र विरगंज महानगरपालिका वडा नं.३ छप्कैया बस्ने ३० वर्षीय कृष्णा सर्राफ पक्राउ परेका हुन् ।
आवश्यक अनुसन्धान कार्य भइरहेको प्रहरीले जानकारी दिएको छ । प्रहरीले चाँदीको गरगहनाको बिल एंव नगद रकमको स्रोत माग गर्दा प्रमाण पेश गर्न नसकेको भन्दै प्रहरीले पक्राउ गरेका हुन् ।
प्रहरीले उनीहरुबाट चाँदीको फेन्सी पाउजु, कम्मरमा लगाउने साडी बोल्ट, चाबी रिङ्ग लगायतका विभिन्न किसिमका गरगहनाहरु बरामद गरेको जिल्ला परिसर काठमाडौले जनाएको छ ।