विमान दुर्घटनाको अवस्था बुझ्न प्रधानमन्त्री एयरपोर्टमा
काठमाडौँः युएस बंगला विमान दुर्घटनामा परेपछिको अवस्था बुझ्न प्रधानमन्त्री केपी शर्मा ओली त्रिभुवन विमानस्थल पुगेका छन् ।
उनी केही बेरअघि त्रिभुवन विमानस्थलस्थित घटनास्थलमा पुगेका हुन् । यसअघि गृहमन्त्री रामबहादुर थापा पनि विमानस्थल पुगेर अवस्थाको जानकारी लिएका थिए ।
त्यसैगरी नेपालका लागि बंगलादेशी राजदूत पनि घटनास्थल पुगेकी छन् । आफ्नो देशका धेरै यात्रु सवार विमान दुर्घटनामा परेपछि उनी भावविह्वल अवस्थामा विमानस्थल पुगेकी हुन् ।