आज राष्ट्रपति निर्वाचन

आज राष्ट्रपति निर्वाचन

राष्ट्रपतिमा बहुमतसहित निर्वाचित हुन २६ हजार २ सय ५१ मतभार आवश्यक पर्छ। वाम गठबन्धनकी भण्डारीको पक्षमा स्पष्ट बहुमत छ।

काठमाडौं : नेपालमा गणतन्त्र स्थापना भएपछि तेस्रो राष्ट्रपति पदका लागि मंगलबार निर्वाचन हुँदै छ। राष्ट्रपतिका लागि मंगलबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म संघीय संसद् भवन नयाँ बानेश्वरमा मतदान हुँदै छ।

प्रतिनिधिसभा, प्रदेशसभा र राष्ट्रियसभाका ८७९* जना मतदाता निर्वाचनमा सहभागी हुँदै छन्। राष्ट्रियसभामा मनोनीत युवराज खतिवडा, रामनारायण बिडारी, विमला पौडेल राई तथा प्रतिनिधि सभाका रेशम चौधरी र प्रदेशतर्फका सांसद दीपक मनांगे गरी पाँचजना मतदाता सूचीमा नभएकाले कुल ८८४* जना मतदातामध्ये ८७९* जना मात्रै सहभागी हुन लागेका हुन्। राष्ट्रपतिका लागि एमालेबाट वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र कांग्रेसबाट लक्ष्मी राई प्रतिस्पर्धामा छन्। संयोगवश दुवै भोजपुरका हुन्।

राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनसम्बन्धी ऐन २०७४ अनुसार केन्द्रीय संसद्को मतभार ७९ र प्रदेशको मतभार ४८ कायम गरिएको छ। ८७९ जना मतदाताको कुल मतभार ५२ हजार ४२२ हुन्छ। राष्ट्रपतिमा बहुमतसहित निर्वाचित हुन २६ हजार २ सय १२ मतभार आवश्यक पर्छ।

वाम गठबन्धनसहित राजपा तथा संघीय फोरमले पनि विद्यादेवी भण्डारीलाई भोट हाल्ने जनाएकाले उनको जित सुनिश्चित छ। वाम गठबन्धनको भागबन्डाअनुसार एमालेको भागमा राष्ट्रपति पद परेको थियो। गत मंगलबार बसेको एमाले स्थायी समिति बैठकले राष्ट्रपतिमा भण्डारीलाई दोहोर्‍याउने निर्णय गरेको थियो। माओवादी केन्द्रको भागमा परेको उपराष्ट्रपतिमा पनि नन्दबहादुर पुन नै दोहारिने भएका छन्। उपराष्ट्रपति निर्वाचन भने एक साताभित्र हुने भएको छ।

भण्डारी अब पाँच वर्षका लागि निर्वाचित हुँदै छिन्। नयाँ संविधान जारी भएपछि २०७२ कात्तिक १२ मा राष्ट्रपति निर्वाचित भण्डारीले दुई वर्ष राष्ट्रपतिको पदमा रहेर भूमिका निर्वाह गरिसकेकी छन्। ०६५ साल जेठ १५ मा नेपालमा गणतन्त्र स्थापना भएपछि मुलुककै पहिलो राष्ट्रपतिमा डा. रामवरण यादव निर्वाचित भएका थिए। यादवले सात वर्ष राष्ट्रपति पदमा रहेर भूमिका निर्वाह गरेका थिए।

राष्ट्रपति निर्वाचनको सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ। मुख्य निर्वाचन अधिकृत तिलप्रसाद श्रेष्ठले मतदानका लागि सबै तयारी गरिएको जानकारी दिए। संसद् भवन बानेश्वरको चौरमा दुई लाइनमा बसेर मतदान गर्ने व्यवस्था मिलाइएको छ। संघीय संसद् र प्रदेशसभाका लागि छुट्टाछुट्टै दुईवटा मतदान केन्द्र स्थापना गरिएको मुख्य निर्वाचन अधिकृत श्रेष्ठले अन्नपूर्णलाई बताए।

आयोगले राष्ट्रपति निर्वाचनका लागि दुईखाले मतपत्र तयार गरेको छ। संघीय संसद्का मतदाताका लागि ७९ मतभार तोकिएको हरियो रंगको र प्रदेशसभाका सदस्यका लागि ४८ मतभार तोकिएको रातो रंगको मतपत्र छापिएको छ। मतदाताले उम्मेदवारको नाम भएको कोठाभित्र स्वस्तिक छाप लगाउनु पर्नेछ। ठिक ढंगबाट मतदान गर्न १३ वटा राजनीतिक दलका प्रतिनिधिलाई आयोगले आइतबार प्रशिक्षणसमेत दिइसकेको छ।

निर्वाचन आयोगले मतदातालाई सांसदको प्रमाणपत्र वा मतदाता परिचयपत्र वा नेपाली नागरिकताको आधारमा मतदानमा सहभागी हुने व्यवस्था मिलाएको छ। प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको अध्यक्षतामा सोमबार बसेको आयोग बैठकले मंगलबार हुने राष्ट्रपति निर्वाचनका लागि आयोगले तयार गरेको निर्वाचक मण्डलको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले मतदान गर्न पाउने निर्णय गरेको छ।

सच्याइएको* प्रतिनिधिसभा, प्रदेशसभा र राष्ट्रियसभाका ८७९* जना मतदाता निर्वाचनमा सहभागी हुँदै छन्। राष्ट्रियसभामा मनोनीत युवराज खतिवडा, रामनारायण बिडारी, विमला पौडेल राई तथा प्रतिनिधि सभाका रेशम चौधरी र प्रदेशतर्फका सांसद दीपक मनांगे गरी पाँचजना मतदाता सूचीमा नभएकाले कुल ८८४* जना मतदातामध्ये ८७९* जना मात्रै सहभागी हुन लागेका हुन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.