टाइब्रेकरमा थ्रीस्टारको भाग्य

टाइब्रेकरमा थ्रीस्टारको भाग्य

बुटवल : टाइबेकरमा जित निकाल्दै थ्रीस्टार क्लब बुटवलमा जारी तिलोत्तमा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। सोमबार भएको खेलमा थ्रीस्टारले फ्रेन्ड्सलाई टाइब्रेकरमा ४-३ गोलले हरायो।

निर्धारित समयमा २-२ गोलको बराबरी भएपछि खेल टाइब्रेकरमा पुगेको हो। टाइब्रेकरमा फ्रेन्ड्सका विदेशी खेलाडी सायला र सरोज योञ्जनले गोल गर्नबाट चुक्दा थ्रीस्टारको भाग्य खुलेको थियो। हारसँगै १५औं तिलोत्तमा गोल्डकप उचालेको फ्रेन्डस् क्लब क्वार्टरफाइनलबाटै बाहिरिएको छ।

फ्रेन्ड्सका कुलदीप कार्की, जगबु शेर्पा र प्रसाद गुरुङले पेनाल्टीको सदुपयोग गरेका थिए। थ्रीस्टारका लागि नीराजन बस्नेत, विजय धिमाल, बुद्ध चेम्जोङ र नीराजन खड्का जाली चुमाउन सफल भए। रिजन धिमालको प्रहार बाहिरिएको थियो। थ्रीस्टरका गोलरक्षक एलन न्यौपाने म्यान अफ दी म्याच घोषित भए।

त्यसअघि निर्धारित समयको पाचौं मिनेटमा नै फ्रेन्डस्ले अग्रता लिएको थियो। फ्रेन्डस्का जोनल ग्लारीले पाँचौं मिनेटमा पहिलो गोल गदै टोलीलाई अग्रता दिएका थिए। त्यसपछि थ्रीस्टारका अजयी मार्टिनले २१औं मिनेटमा खेललाई बराबरीमा ल्याए। थ्रीस्टारका सुसन श्रेष्ठले ४८औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिए। थ्रीस्टारको अग्रतालाई खेलका अन्तिम समयमा फ्रेन्डस्का विदेशी खेलाडी सायलाले बराबरीमा रोकेपछि खेल ट्राइबेकरमा धकेलियो।

मंगलबारको खेल मनाङ मस्र्याङ्दी र त्रिभुवन आर्मीका बीच प्रतिस्पर्धा हुनेछ। देवीनगरस्थित एन्फा टेक्निकलको खेल मैदानमा जारी प्रतियोगिताको विजेताले सात लाख ७७ हजार सात सय ७७ रुपैयाँ प्राप्त गर्नेछ। उपविजेताले चार लाख ४४ हजार चार सय ४४ रुपैयाँ हात पार्नेछन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.