एउटै भवनबाट तीन वडा कार्यालय सञ्चालन

एउटै भवनबाट तीन वडा कार्यालय सञ्चालन

धनकुटा : वडा केन्द्र कहाँ तोक्ने भन्ने विषयको विवाद र कर्मचारी अभावले धनकुटाको सहिदभूमि गाउँपालिकाको तीन वडा कार्यालय एउटै भवनवाट सञ्चालन भइरहेका छन्।

एउटै भवनबाट तीन वटा वडा कार्यालय सञ्चालन हुँदा कार्यसञ्चालन गर्न कठिनाइ भएको छ। साविक छिन्ताङ गाविस हालको सहिदभूमि गाउँपालिका- २ को वडा कार्यालयबाटै अहिले १ र ३ को वडा कार्यालय सञ्चालन भइरहेका छन्।

संयुक्त रूपमा वडा कार्यालय सञ्चालन हुँदा जनतालाई दैनिक सेवा प्रभाव गर्न कठिनाइ भएको सहिदभूमि गाउँपालिका-२ का वडाध्यक्ष रत्नबहादुर राईले बताए।‘हामीलाई नै वडा सञ्चालन गर्न पर्याप्त कोठा अभाव छ’, उनले भने, ‘अन्य दुई वडा पनि यही भवनबाट सञ्चालन हुँदा वडा कार्यालय अस्तव्यस्त बनेको छ।’

वडा नम्बर २ का वडासचिव टंकप्रसाद राईका अनुसार एउटा वडा कार्यालय सञ्चालन गर्न कम्तीमा पनि ५ वटा कोठा भएको भवन आवश्यक पर्छ। वडा कार्यालयभित्र वडाध्यक्ष, वडासचिव र लेखापालका लागि बेग्लै कार्यकक्ष आवश्यक पर्छ। त्यस्तै, बैठक हल र स्टोरलाई पनि भिन्नै कोठा आवश्यक पर्ने वडासचिव टंकबहादुरले बताए।

अहिले संयुक्त रूपमा वडा कार्यालय सञ्चालन भइरहेको भवनभित्रको हलमा तीनवटै वडाका वडाध्यक्षको कार्यकक्ष संयुक्त राखिएको छ। हरेक कोठालाई बेग्लाबेग्लै वडासचिव रहने गरी वडा कार्यालय छन्। वडा कार्यालय सञ्चालन गर्न हरेक वडासचिवलाई १÷१ कोठा छ्ट्याइएको छ।

गाउँ-गाउँमा सिंहदरबाको अधिकार स्थानीय जनताले प्रत्याभूति गर्न नपाइएको स्थानीयले गुनासो गरेका छन्।

वडा कार्यालयको केन्द्र कहाँ रहने भन्ने विषयमा टुंगो नलाग्दा अहिलेसम्म वडा नम्बर १ को वडा कार्यालय स्थापना हुन सकेको छैन। प्रस्ताव गरिएको घंगरी सेन्टर, सेतीचोक, सफाइधापमध्ये केन्द्र कहाँ राख्ने भन्ने विषयमा टुंगो नलाग्दा वडा कार्यालय स्थापना हुन नसकेको हो।

स्थानीय तह पुनःसंरचना आयोगले पहिलो पटक घंगरीमा राख्ने निर्णय गरेको थियो। त्यसपछि उक्त निर्णय फेरबदल भएर धाममा राख्ने निर्णय भयो। अहिले फेरि वडासमितिका सदस्यहरू आ-आफूमा विभाजित हुँदा वडा कार्यालय केन्द्रको टुंगो नलागेको सहिदभूमि गाउँपालिका प्रमुख मनोज राईले बताए।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ६ उपदफा ७ मा स्पष्ट व्याख्या गरिएअनुसार वडा समितिको परामर्शमा तत्काल रहेको गाउँ सभाको पहिलो पटकको सामान्य बहुमतले, दोस्रो पटक भए दुईतिहाइ बहुमतले निर्णय गर्छ भनिएको उनले बताए।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.