राष्ट्रपति चयनका लागि मतदान सुरू

राष्ट्रपति चयनका लागि मतदान सुरू

काठमाडौं  : नेपालको तेस्रो राष्ट्रपति चयनका लागि मतदान सुरू भएको छ । मंगलबार बिहान १० बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा मतदान सुरू भएको हो । मतदान दिउँसो ३ बजेसम्म चल्नेछ ।

प्रतिनिधिसभा, प्रदेशसभा र राष्ट्रियसभाका ८७९ जना मतदाता निर्वाचनमा सहभागी हुँदै छन्। राष्ट्रियसभामा मनोनीत युवराज खतिवडा, रामनारायण बिडारी, विमला पौडेल राई तथा प्रदेशतर्फका सांसद दीपक मनांगे गरी चार जना मतदाता सूचीमा नभएका र रेशम चौधरी मतदानमा सहभागी हुन नपाउने भएकाले कुल ८८४ जना मतदातामध्ये ८७९ जना मात्रै सहभागी हुन लागेका हुन्। राष्ट्रपतिका लागि एमालेबाट वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र कांग्रेसबाट लक्ष्मी राई प्रतिस्पर्धामा छन्।

राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनसम्बन्धी ऐन २०७४ अनुसार केन्द्रीय संसद्को मतभार ७९ र प्रदेशको मतभार ४८ कायम गरिएको छ। ८८० जना मतदाताको कुल मतभार ५२ हजार ४२२ हुन्छ। राष्ट्रपतिमा बहुमतसहित निर्वाचित हुन २६ हजार २ सय १२ मतभार आवश्यक पर्छ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.