रेशम चौधरीका सहयोगीको अनसन स्थगित

रेशम चौधरीका सहयोगीको अनसन स्थगित

 

धनगढी : टीकापुर घटनाको आरोपमा कैलाली कारागारमा रहेका बन्दीहरुले, कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा विजयी रेशलाल चौधरीलाई प्रमाणपत्र र सपथ दिलाउनुपर्ने सहितका तीन बँदे माग राख्दै गरेको ९ दिन देखिको आमरण अनसन सोमबार तोडेका छन।

कारागार प्रशासन र कैदी आन्दोलन समितिबीच चार बँदे सहमति भएपछि कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले अनसरत बन्दीहरुलाई जुस खुवाएर अनसन तोडे। रेशम चौधरीले कैलाली जिल्ला अदालतमा आत्मसमर्पण गरेछि उनलाई कैलाली कारागार पठाइएको केही दिनपछि रेशम सहित त्यहाँ रहेका राजपाका नेता लक्ष्मण चौधरी, लाहुराम चौधरी सहितका २४ जना बन्दीहरुले फागुन २० गते बेलुकी ४ बजेदेखि आमरण अनसन सुरु गरेका थिए।

उनीहरुले रेशम चौधरीलाई प्रमाणपत्र दिएर सपथ खुवाउनुपर्ने, टीकापुरको घटनालाई राजनीतिक मुद्धा मानेर सबै कैदी बन्दीलाई क्षतीपुर्ती सहित रिहा गर्नुपर्ने र थरुहट संघर्ष समितिले उठाएको सीमाकंनको मुद्धामा अधिकार सम्पन्न सीमांकन आयोग गठनको मागगर्दै आमरण अनसन सुरु गरेका थिए।

आमरण अनसनमा रहेका रेशम चौधरीललाई शनिबार स्वास्थ्य अवस्था विग्रीएको भन्दै काठमाण्डौ लगिएको थियो भने अरु कैदी बन्दी कैलाली कारागारमै अनसनमा थिए। रेशमको बीर अस्पतालमा उपचार भईरहेको छ। सोमबार थारु अगुवाहरु, विभिन्न राजनीतिक दलहरुको प्रयासमा चार बुँदे सहमति गरेर अनसन स्थिगित गरिएको हो।

दुबै पक्षबीच कैलालीको टीकापुर घटनाको आरोपमा आदालतमा आत्मसमर्पण गरेका रेशम चौधरीलाई विजयको प्रमाणपत्र र सपथका बारेका प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, प्रतिनिधि सभा सभामुखको सचिवालय, तथा संघीय संदद सचिवालयमा अयथासिघ्र जानकारी गराउने सहमति भएको छ।

यस्तै टीकापुर घटना पछि कैलाली कारागारमा रहेका २५ जना कैदी बन्दीहरु माथि लगाइएको ‘मुद्धा राजनीतिक होस र १५ दिनभीत्र सम्बोधन होस’ भन्ने मागलाई नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रि परिषदको कार्यालय र गृह मन्त्रालयमा जानकारी गराउने र उक्त निकायबाट आएको जवाफ, आएको तीन दिनभीत्र बन्दीहरुलाई उपलब्ध गराउने पनि सहमति भएको छ।

सोमबार विहान कैलालीका राजनीतिक दलहरुले आमरण अनसनमा बसेका कैदी बन्दीहरुको जीवन रक्षाको मागगर्दै जिल्ला प्रशासन कार्यालय कैलालीलाई ज्ञापन बुझाएका थिए। कारागार र बन्दी आन्दोलन समिति बीच राजनीति दलहरु, मानवअधिकारकर्मीको अनुरोधलाई पनि मध्यनजर गर्दै आमरण अनसन फिर्ता लिने सहमति भएको छ।

कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले कारागारमा रहेका बन्दीहरुले राखेका तीन वटै मागहरु केन्द्र सरकारले मात्रै पुरा गर्न सक्ने भएकाले यहाँ आमनरण अनसनको औचित्य नरहेको बताए। उनले रेशम चौधरीको सपथ, टीकापुरको घटना राजनीतिक हुनुपर्ने र सीमांकनको आयोगको कार्य केन्द्र सरकारकै अधिकार क्षेत्रमा रहेको बताए।

तर जेलमा रहेका लक्ष्मण चौधरीले भने आफुहरुले १५ दिनका लागि आमरण अनसन स्थगित गरेको बताए। गृहमन्त्रालयले १५ दिनभीत्रै कुनै न कुनै सकारात्मक निर्णय हुने आश्वासन दिएपछि आफुहरुले आमरण अनसन स्थिगित गरेको उनले बताए। लक्ष्मणले १५ दिनभीत्र राज्यले सुनवाई नगरे पेरि जेलभीत्रै आन्दोलन गर्ने चेतावनी दिए।




प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.