पार्टी भागबण्डामा न्यायाधीश बन्दा सर्वोच्चमा विवाद : कमल थापा

पार्टी भागबण्डामा न्यायाधीश बन्दा सर्वोच्चमा विवाद : कमल थापा

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले दालतमा हुँदै आएको राजनीतिक भागबण्डाले सर्वोच्च अदालतमा अहिलेको विवाद सिर्जना भएको बताएका छन् । अदालतभित्रको विवाद र छाडापनको अन्त्य गर्न २०६२/६३ को परिवर्तनपछि अदालतमा भएको राजनीतिकरण भएको उनको भनाइ छ ।

थापाले यस्तो विवाद र छाडापनको अन्त्यका लागि २०६२/६३ पछिको बाटो सच्याउनुपर्ने साहस आवश्यक भएको बताएका छन् । उनले २०६२/६३ को राजनीतिक परिवर्तनपछि दलहरुले न्यायाधीशमा समेत भागबण्डा गरेपछि अहिलेको स्थिति सिर्जना भएको दाबी गरेका छन्।

‘सर्वोच्च अदालतमा हाल देखिएको विवाद र छाडापनको मूलजड २०६२/६३ को परिवर्तनलाई संस्थागत गर्नेक्रममा भएको समाजको तिव्र राजनीतिकरण, राज्य संयन्त्रको पार्टीकरण र कसैसँग डराउनु नपर्ने जवाफदेही विहीन संस्कार र सिण्डिकेटतन्त्र हो’, थापाले ट्विटमा थप लेखेका छन्, ‘यसलाई सच्याउन २०६२/६३ पछिको गलत बाटो परिवर्तन गर्ने साहस आवश्यक छ ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.