अन्‍नपूर्णकर्मी शेर्पासहित चार पत्रकार सम्मानित

अन्‍नपूर्णकर्मी शेर्पासहित चार पत्रकार सम्मानित

काठमाडौं : नेपाल शेर्पा विद्यार्थी संघले सफोखिलो २१४५ ग्याल्पो ल्होसारको अवसरमा अन्नपूर्णकर्मी छेटु शेर्पासहित चार पत्रकारलाई सम्मान गरेको छ। आफ्नो समुदायका विषयलाई सञ्चारमाध्यमबाट प्रचारप्रसारमा सहयोग पुर्‍याएको भन्दै अन्नपूर्ण पोस्ट् दैनिकका छेटु शेर्पा, एभिन्यूज टेलिभिजनका लाक्पा शेर्पा, नागरिक दैनिकका खिलक बुढाथोकी र नेपाल टेलिभिजन प्लसका राजु सिलवाललाई सम्मान गरेको हो।

गृहमन्त्री रामबहादुर थापाले सम्मानित पत्रकारलाई प्रमाणपत्र र खदा लगाइदिए। संघले वार्षिक रुपमा आयोजना गर्दै आएको ल्होसार साँझ कार्यक्रममा गृहमन्त्री बादल प्रमुख अतिथिका रुपम उपस्थित थिए।

कार्यक्रममा संसाद जीपछिरिङ लामा, प्रदेश ३ सदस्य डीएन शेर्पा, पूर्व समान्य राज्यमन्त्री वाङदी शेर्पा, पूर्व सभासद आङ दाबा शेर्पा,लगायत शेर्पा संघ संस्थाका प्रतिनिधि उपस्थित थिए।

अध्यनमा उत्कृष्ट शेर्पा विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेका थिए भने सचेतना कार्यक्रमको आयोजना गरी कार्यक्रममा शेर्पा समुदायको संस्कृतिलाई संरक्षण गर्न लागि परेको संघका अध्यक्ष साङगे मिङमा शेर्पाले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.