माओवादीको एम्बुसमा परेर ९ प्रहरीको ज्यान गयो

माओवादीको एम्बुसमा परेर ९ प्रहरीको ज्यान गयो

नयाँदिल्ली: माओ‌वादीको आक्रमणमा भारतमा ९ जना प्रहरी मारिएका छन् । समाचार अनुसार म‌ंगलबार दिउँसो छत्तिसगढ राज्यको सुकमास्थित किस्टाराममा केन्द्रीय रिजर्भ पुलिस फोर्सको टोली माओवादीको एम्बुसमा परेको थियो ।

गस्तीमा निस्केको सीआरपीएफको २१२ बटालियनमाथि माओवादीले एम्बुस विस्फोट गराउँदा ९ जना सुरक्षाकर्मी मारिएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

हमलापछि भारतीय गृहमन्‍त्री राजनाथ सिंहले सीआरपीएफका प्रमुखलाई छत्तीसगढ पठाएका छन् । घटनास्थलबाट घाइते र मृतकलाई एयरलिफ्ट गरेर छत्तिगढकै रायपुरमा लगिएको हो ।

जानकारी अनुसार मंगलवार दिउँसो सुकमाको किस्टाराममा सीआरपीएफको एक बटालियनमाथि माओवादीले धावा बोलेका थिए । यो घटनामा घटनास्थलमै ८ जना मारिए भने एकजनाको उपचारको क्रममा ज्यान गयो । त्यसैगरी अन्य तीनजना गम्भीर घाइते भएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.