ट्रम्पले गरे अमेरिकी विदेशमन्त्री टेलर्सनलाई बर्खास्त
एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशमन्त्री रेक्स टेलर्सनलाई बर्खास्त गरेका छन् । उनले विदेशमन्त्री टेलर्सनलाई बखास्त गर्दै अमेरिकी गुप्तचर एजेन्सी सीआईएका निर्देशक माइकल पेम्पोलाई विदेशमन्त्री नियुक्त गरेका छन् ।
ट्रम्पले ट्विट गर्दै टेलर्सनलाई हटाएर पेम्पोलाई विदेशमन्त्री बनाएको सार्वजनिक गरेका हुन् । उनले ट्विटरमा टेलर्सनलाई धन्यवाद समेत दिएका छन् ।
माइक पेम्पियोको स्थानमा सीआईएको नयाँ प्रमुखमा जीना हास्पेललाई नियुक्त गरेका छन् । डोनल्ड ट्रम्पले ट्वीट गरेर जीना हास्पेल अमेरिकाकी पहिलो महिला सीआईए प्रमुख भएकी बताए ।
रेक्स टिलरसन विश्वकै ठुलो तेल कम्पनीमध्ये एक एक्सन-मोबिलका मुख्य कार्यकारी अधिकारी भइसकेका छन् । यस कम्पनीको कारोबार विश्वका दर्जनौँ देशमा फैलिएको छ । यिनमा केही अमेरिकासँग सम्बन्ध बिग्रेका पनि रहेका छन् । यिनमा रुस पनि एउटा हो, जुन तेल निकाल्ने प्रविधिका लागि पश्चिमी देशसँग निर्भर छ ।
करिब एक साल अघि रेक्स टिलरसनलाई अमेरिकाको विदेश मन्त्री पदको जिम्मा दिइएको थियो । त्यो बेला पनि टिलरसन र रूसबीचको सम्बन्धलाई लिएर कयौँ प्रश्न उठेका थिए ।