अर्थमन्त्री बुधबारदेखि भारत भ्रमणमा, राजनीतिक भेट नहुने

अर्थमन्त्री बुधबारदेखि भारत भ्रमणमा, राजनीतिक भेट नहुने

नयाँ दिल्लीः नेपाल सरकारका अर्थमन्त्री डा. युवराज खतिवडा बुधबार दिल्ली आउँदैछन् । बुधबारदेखि हरियाणा राज्यको गुरुग्राममा शुरु हुने प्रतिआतंकवाद सम्मेलन २०१८ (काउन्टर टेरोरिज्म कन्फरेन्स) मा भाग लिन उनी दिल्ली आउन लागेका हुन् ।

तीन दिने सो सम्मेलनको उद्घाटन सत्रमा कि नोट स्पिकर (मुख्य वक्ता) को रुपमा अर्थमन्त्री खतिवडा सहभागी हुँदैछन् । उद्घाटन सत्रमा गुहमन्त्री राजनाथ सिंहका साथ अर्थमन्त्री खतिवडाले मञ्च साझा गर्नेछन् ।

वाम गठबन्धनको नेतृत्वमा बनेको नयाँ सरकारका तर्फबाट भारत आउन लागेका उनी पहिलो मन्त्री हुन् । ‘अर्थमन्त्री खतिवडा बुधबार अपरान्ह दिल्ली आएर उदघाटन सत्रमा सहभागी हुने कार्यक्रम छ’, नयाँ दिल्ली स्थित नेपाली दूतावासका प्रवक्ता हरि ओडारीले अन्नपूर्णसँग भने

विहीबार नै फर्किने गरि आउन लागेका अर्थमन्त्रीको द्विपक्षीय राजनीतिक भेटघाटको कार्यक्रम नरहेको उनले बताए । बधबार साँझ सम्मेलनको उद्घाटन सत्र रहेको छ । अर्थमन्त्री खतिवडा बुधबार अपरान्ह दिल्ली आएर विहीबार विहान फर्किने कार्यक्रम रहेको प्रवक्ता ओडारीले जानकारी दिए ।

सम्मेलनमा खतिवडाले प्रतिआतकंवादबारेमा नेपालको धारणा राख्नेछन् । सत्तारुढ भारतीय जनता पार्टीनिकट थिंक ट्यांकहरुको संस्था इण्डिया फाउन्डेसनको आयोजनामा हुन लागेको सम्मेलनको चौथो संस्करणको विषय बैश्विक आतंकवादको परिवर्तित स्वरुप रहेको छ ।

नेपाल सरकारको अन्तिम समयको निर्णयपछि सम्मेलनमा सहभागी हुन अर्थमन्त्री खतिवडा आउन लागेका हुन् । सामान्तः सुरक्षा चासोका यस्ता कार्यक्रममा गृहमन्त्री सहभागी हुने प्रचलन छ । गत वर्ष यही कार्यक्रममा तात्कालिन गृहमन्त्री विमलेन्द्र निधि सहभागी भएका थिए ।

विशेष वक्ताका रुपमा नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले त्यसबेला कार्यपत्र प्रस्तुत गरेका थिए । त्यसैगरी बुलेट टु ब्यालेट पुस्तकका लेखक आदित्य अधिकारी समेत त्यस सम्मेलनमा सहभागी थिए । सम्मेलनमा यस पटक नेपालका तर्फबाट वरिष्ठ पत्रकार युवराज घिमिरे पनि सहभागी हुने कार्यक्रम छ ।

सुचना प्रविधिको तीब्र विकासले परिवर्तित आतंकवादको स्वरुप अनि विश्वकोलागि बढ्दै गएको चुनौतीबारेमा सम्मेलनमा बृहत् छलफल हुनेछ । शुक्रबारसम्म चल्ने सम्मेलनमा नयाँ युगमा आतंकवादको प्रवृति, विश्व आतंकबादका बौद्धिक चुनौती, वैश्विक आतंकबादको केन्द्र अफगानिस्तान पाकिस्तान, आतंकवादको राजनीति तथा आतंकवादको भविष्य विषयहरुमा छलफल हुने कार्यक्रम छ ।

कार्यक्रममा आतंकवादसँग जुधिरहेको विश्वका विभिन्न मुलुकबाट राजनीतिज्ञ, बौद्धिक क्षेत्रका विज्ञ, सैन्य अधिकारी , आइटी, इन्टेलिजेन्स एक्सपर्ट लगायत संचार क्षेत्रका विज्ञहरुको सहभागिता हुँदैछ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.