बंगलादेशका नागरिक उड्यनमन्त्री विमानस्थलमा आइपुग्दा..

बंगलादेशका नागरिक उड्यनमन्त्री विमानस्थलमा आइपुग्दा..

तस्बिर : सरोज बैजु

 काठमाडौँ: युएस-बंगला विमान दुर्घटनामा परेपछि बं‌गलादेशका नागरिक उड्ययन मन्त्रीसहितको उच्चस्तरीय टोली म‌ंगलबार काठमाडौँ आइपुगेको छ।बंगलादेशका नागरिक उड्ययन तथा पर्यटन मन्त्री एकेएम शाहजाह कमलसहितको टोली मंगलबार अपरान्ह त्रिभुवन विमानस्थलमा अवतरण गरेको हो।

सोमबार भएको युएस‍-बंगलाको बोबार्डियर ड्यास क्यु ४०० सिरिजको जहाज दुर्घटनापछिको अवस्थाबारे नेपाली पक्षसँग छलफल तथा घटनास्थलको अनुगमनका लागि बं‌गलादेशी मन्त्रीको टोली काठमाडौँ आइपुगेको हो। टोलीले दुर्घटनाको विषयमा छलफल गरेको छ।

बंगलादेशकी प्रधानमन्त्री शेखहसिना वाजेदले विमान दुर्घटनाबारे बुझ्न मन्त्रीसहितको टोली पठाएकी हुन्। नेपाल र बंगलादेशबीच विमान दुर्घटनालाई लिएर विवाद भइरहेका बेला उनको आगमन भएको हो।

नेपाली पक्षले एयर ट्राफिक कन्ट्रोलरले भनेको निर्देशन अनुसार दक्षिणबाट अवतरण नगरी उत्तर दिशातिर गएर एलाइन्मेन्ट नमिलाई अवतरण गराउँदा जहाज दुर्घटनामा परेको बताएको छ। बंगलादेशले भने एटिसीको गलत निर्देशनका कारण विमान दुर्घटनामा परेको दाबी गर्दै आएको छ।

५० जनाको ज्यान जानेगरी भएको विमान दुर्घटनामा नेपाली र बंगलादेशका धेरै नागरिकको ज्यान गएको थियो। मन्त्रीसँगै बं‌गलादेशको नागरिक उड्ययन प्राधिकरणका सुरक्षा निर्देशक हजरत शाहाजल पनि टोलीमा रहेका छन्।

सोमबार ढाकाबाट ६७ यात्रु र ४ चालक दलका सदस्य लिएर उडेको युएस-बंगला एयरलाइन्सको जहाज त्रिभुवन विमानस्थलमा दुर्घटना हुँदा अहिलेसम्म ५० जनाको ज्यान गइसकेको छ। दुर्घटनामा परेको यो जहाजमा ३३ जना नेपाली, ३२ जना बंगलादेशी, २ जना माल्दिभ्सका, एकजना चिनियाँ र चारजना चालक दलका सदस्य सवार थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.