राष्ट्रपतिले प्रधानन्यायधीशबाट ४ बजे शपथ लिने

राष्ट्रपतिले प्रधानन्यायधीशबाट ४ बजे शपथ लिने

काठमाडौं : नवनिर्वाचित राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार अपरान्ह ४ बजे पद तथा गोपनीयताको शपथ लिने भएकी छन्। राष्ट्रपति भण्डारीका सञ्चारविज्ञ माधव शर्माका अनुसार राष्ट्रपति भण्डारीको पद तथा गोपनीयताको शपथ बुधबार अपरान्ह ४ बजेका लागि तय भएको जानकारी दिए।

नेपालको संविधानको धारा ७१ मा 'आफ्नो कार्यभार सम्हाल्नुअघि राष्ट्रपतिले संघीय कानुन बमोजिम प्रधाननयायधीश समक्ष पद तथा गोपनीयताको समथ लिने' व्यवस्था छ।  

उमेरसम्बन्धी विषयमा प्रधानन्यायाधीश गोपाल पराजुली विवादमा तानिएकाले राष्ट्रपतिको शपथ के हुन्छ भन्ने शंकाका बीच राष्ट्रपति कार्यालयले भने संविधानबमोजिम भण्डारीले समथ लिने जनाएको छ।

प्रधानन्यायधीश पराजुलीलाई पद तथा गोपनीयताको शपथ कार्यक्रमको जानकारीसहित निम्तो पठाइसकेको राष्ट्रपति कार्यालयका सचिव भुपेन्द्रप्रसाद पौडेलले जानकारी दिए। 'हामीले सम्माननीय प्रधान न्यायाधीशज्यूलाई निम्तो पठाइसकेका छौँ', पौडेलले भने।

राष्ट्रपति भण्डारी मंगलबार भएको निर्वाचनमा राष्ट्रपतिको दोस्रो कार्यकालका लागि अत्यधिक मत प्राप्त गरी निर्वाचित भएकी हुन्। उनले कांग्रेसबाट राष्ट्रपति पदकी उम्मेदवार कुमारी लक्ष्मी राईलाई पराजित गरिन्। वाम गठबन्धनसँग करिब दुईतिहाइ मत रहेकाले भण्डारीको जित निश्चित थियो।

भण्डारीले ५२ हजार ५०१ कूल मतको बहुमत अर्थात् ३९ हजार २७५ मतभार प्राप्त गरिन्। उनकी प्रतिस्पर्धी कुमारीलक्ष्मी राईले ११ हजार ७३० मतभार प्राप्त गरिन्।

प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले नेपालको राष्ट्रपति पदमा निर्वाचित भएकी भण्डारीलाई राष्ट्रपति भवनमा शीतल निवासमा मंगलबार साँझै प्रमाणपत्र हस्तान्तरण गरिसकेका छन्।

यो पनि पढ्नुस्ः राष्ट्रपति भण्डारीको यात्राा : शीतल निवासबाट शीतल निवासमै


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.