वनभरी लालीगुराँस

वनभरी लालीगुराँस

तानसेन : पश्चिम पाल्पाको भुवनपोखरी, सोमादी, छहरा, पालुङ्ग मैनादी, बतासे, श्रीनगरका जंगलमा लाली गुराँस फुलेर बनै रातै भएको छ। बनैभरी लालीगुराँस फुलेपछी गाउँबस्ती नै सुन्दर देखिएको छ। गुराँशको फुलले बनको सुन्दरता बढाएको छ। बनमा फुलेको रस खान चराचुरुङ्गी लाली गुराँमा झुम्मिने गरेका छन। लाली गुराँको फुलको कारण अन्य ठाउँबाट चुराचुरुङ्गीको आगमनले बन क्षेत्रमा गुञ्जायमान भएको छ।

घर घरमा सुन्दरताको लागी दुई चार झोप्पा फुल टिपेर सजाउने बाहेको गुराँश फुलको उपयोगमा ल्याउन सकिएको छैन। पश्चिम पाल्पाका बालवालिकाहरुले विहानै लाली गुराँशको फुल टिपेर कापी कलम किन्ने देखी दिउसोको खाजा खर्च जुटाउदै आएका छन। विहान उठेर लाली गुराँश टिप्न जान्छौ, सडकको छेउमा बसेर विक्रि गर्छाै, पचास सय रुपैया आईहाल्छ, त्यही पैसाले कापी कलम र दिउसो खाजा खाने गरेको विधार्थी अनुप केसीले बताए। वालवालिकाहरुले तिन चार वटा फुलको एक झोप्पा बनाएर विस रुपैया देखी तिस रुपैयामा विक्रि गर्दै आएका छन। पालुङ्गमैनादी क्षेत्रका वालवालिकाले तानसेन अर्घाखाची सडकको वाटुली पोखरामा, छहरामा बसी गुराँका फुलहरु विक्रि गर्दै आएका छन।

लालीगुराँसले फुलले ग्रामिण जिवनको सौन्दर्यता बढाएको छ , गाउँलाई शोभायमान बनाएको छ, स्थानीय क्षेत्रमा आय आर्जनको लागी सहयोगी भएको छहरा दलित समन्य समितिका अध्यक्ष महेस बरालले बताए। पश्चिम पाल्पा लाई लाली गुराँशको पकेट क्षेत्र बनाउने गरी बनको व्यबस्थापनमा लागेको रैनादेवी छहरा गाउँपालिका वडा नंं ४ का नित्यानन्द पोखरेलले बताए। लाली गुराँशको वन लाई व्यस्थित गर्ने, फुल लाई व्यस्थित रुपमा टिप्ने, घास तथा दाउराको रुपमा प्रयोगमा रोक लगाउने गरी सामुदायिक वनको समन्वयमा काम भईरुहेको पोखरेलले बताए।

लाली गुराँशको बोट देखी फुल सम्म विभिन्न औषधी निर्माणको लागी प्रयोग हुदै आएको छ। पाल्पामा प्रशस्त लाली गुराँशको जंगल रहेकोले आगामी दिनमा प्रशस्त आम्दानी श्रोत जुट्ने देखिन्छ। देशका विभिन्न स्थानमा लाली गुराँको जुस बनाउने उधोग स्थापना बढ्दै गएका छन। प्रचार प्रसारको कमीको कारण पाल्पाका सामुदायिक वनमा फुलेका गुराँशका फुलहरु विक्रि हुन सकेको छैन। गाउँघर गुराँसले सजिएसँगै गाउँमा पुग्ने जो कसैको पनि मन लाभाउने गरेको छ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.