विन्टर फोटो प्रदर्शनीमा उत्साह : हिउँदका हेर्नैपर्ने १४ फोटो

विन्टर फोटो प्रदर्शनीमा उत्साह : हिउँदका हेर्नैपर्ने १४ फोटो

काठमाडौं : नेपाल पर्यटन बोर्ड र फोटो पत्रकार क्लब नेपालले फोटो नेपालअन्तर्गत आयोजना गरेको हिउँद (विन्टर) शीर्षकको फोटो प्रदर्शनीमा उत्साहजनक सहभागिता छ। हिउँद शीर्षकमा भएको प्रतियोगिताबाट उत्कृष्ट छानिएका ५० वटा विभिन्न गतिविधिका तस्बिरको प्रदर्शनी नेपाल पर्यटन बोर्ड भृकुटीमण्डप परिसरमा भइरहेको छ।

नेपाल पर्यटन बोर्डले दुई वर्ष अघिदेखि फोटोको माध्यमबाट देशको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ फोटो नेपाल अभियान सुरु गरेको हो। यसअन्तर्गत पीजे क्लबसँगको सहकार्यमा प्रत्येक दुई महिनामा फोटो प्रदर्शनी आयोजना हुँदै आइरहेको छ। फोटो नेपालको अभियान फेब्रुअरी २०१६ मा टोनी हेगनले नेपालमा खिचेका विभिन्न फोटोको प्रदर्शनीसँगै सुरु भएको थियो।

प्रथम फोटोः प्रसन्न बज्राचार्य

वसन्तको आगमनसँगै बढेको हल्का गर्मीमा प्रदर्शनीले आफूलाई हिउँदको चिसो दिन महसुस गराएको प्रदर्शनी हेर्न आएकी उपमा नेपालले प्रतिक्रिया दिइन्। उनले भनिन्, ‘मैले प्रदर्शनीबाट नेपालका विभिन्न स्थानबारे जानकारीसमेत हासिल गरेँ।’

माघमा हुने माधव नारायणको कठोर व्रतमा गरिने स्नान होस् वा गोधूलि साँझमा डाँडामा साइक्लिङको मज्जा, दैनिक ऊर्जाका लागि हिउँमा दाउराको जोहो होस् वा लाप्राकको जीवनी वा टौदहको बिहानीसँगै तातो चियाको चुस्की। यस्तै तस्बिरले प्रदर्शनीलाई मजबुत बनाएको छ।

प्रदर्शनी आफूलाई निकै मन परेको भन्दै लमजुङको नयाँ पर्यटकीय स्थल लेले डाँडालगायत विभिन्न नयाँ ठाउँ वा गन्तब्यका बारेमा उजागर गरेको सुदीप सुवेदीले बताए।

फोटो नेपालको प्रदर्शनीका कारण थुप्रै सर्वसाधारण र सोखिन फोटोग्राफरलाई यो अभियानप्रति आकर्षित गरेको पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले बताए।

प्रतियोगितामा सहभागी पाँच सय नौ फोटोमध्ये उत्कृष्ट छानिएका ३८ जना विभिन्न फोटोग्राफरले खिचेका ३६ फोटो प्रदर्शनीमा छन्। प्रदर्शनी नेपाल पर्यटन बोर्डको कोर्टयाटमा शुक्रबारसम्म चल्नेछ।

तेस्रो भएको फोटोः प्रमिन मानन्धर

 दिनेश गोलेको फोटो।

रवि मानन्धरको फोटो। 

रसिक महर्जनको फोटो। 

 विजय गुरुङको फोटो।

 स्कन्द गौतमको फोटो।

 यवनकुमार थापामगरको फोटो।

 सुरज ताम्राकारको फोटो।

 सुरेश ताम्राकारको फोटो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.