प्रधानमन्त्री भन्छन्ः सत्यलाई छोपेर जनतामा भ्रम छर्ने दिन गए

प्रधानमन्त्री भन्छन्ः सत्यलाई छोपेर जनतामा भ्रम छर्ने दिन गए

काठमाडौँ: प्रधानमन्त्री केपीशर्मा ओलीले संविधान गतिशील दस्तावेज भएकोले आवश्यकता र औचित्यका आधारमा संशोधन गर्न सकिने स्पष्ट पारेका छन् ।

प्रधानमन्त्रीलाई संसदमा विश्वासको मत दिएका प्रतिनिधि सभा, राष्टिकय सभा तथा प्रदेश सभाका सांसदहरुलाई प्रधानमन्त्री निवास बालुवाटारमा धन्यवाद दिने क्रममा आज प्रधानमन्त्री ओलीले यसो भनेका हुन् ।

‘संविधान समयको मागअनुसार संशोधन हुन्छ’ प्रधानमन्त्री ओलीले भने, ‘तर देशलाई नोक्सानी हुने गरी, अखण्डतामा असर पार्ने गरी संशोधन हुँदैन । देशलाई थप मजवुद र एकतावद्ध पार्न संशोधन हुन्छ ।’

प्रधानमन्त्री ओलीले सरकारलाई आतंककारी क्रियाकलाप सह्य नहुने पनि बताएका छन् । अप्राकृतिक, असामाजिक तत्वहरुले यस किसिमका क्रियाकलापबाट फाइदा लिन्छु भन्ने नसोचे राम्रो हुने प्रधानमन्त्री ओलीले चेतावनी दिएका छन् ।

प्रधानमन्त्री ओलीले सरकार हिंसा र अपराध रोक्न कडाइका साथ लागिपर्ने बताए । ‘अब बलात्कारका घटना रोकिन्छन् । महिला हिंसाविरुद्ध जागरण अभियान पनि चलाइन्छ’ प्रधानमन्त्री ओलीले भने, ‘कडा कानुन बनाएर कार्यन्वयन पनि गरिन्छ ।’ प्रधानमन्त्री ओलीले आफू भ्रष्टाचारप्रति असहिष्णु हुने कुरा दोहोर्याएका छन् ।

ओलीले केही तत्वहरुले सरकार बलियो हुँदा तानशाही हुने, लोकतन्त्र नहुने, सरकार अनुशासित भयो भने तानाशाह हुने, लोकतन्त्र नहुने, कानुनको राज भयो भने निरंकशुता हुने लोकतन्त्र नहुने जस्ता प्रचार गरेर जनतालाई भ्रमित पार्न खोजेको बताएका छन् ।

‘यस्ता भ्रममा पर्नु हुदैन’ प्रधानमन्त्री ओलीले भने ‘कुनै पनि कुराको समय हुन्छ । यसरी सत्यलाई छोपेर जनालाई भ्रमित पार्ने समय सकियो । अब जनताले सत्य के हो भ्रम के हो आफँै छुट्याउन सक्छन् ।’

प्रधानमन्त्रीले सांसदहरुलाई मर्यादामा बस्न निर्देशन दिएका छन् । जनताको मतले आफूहरु सांसद भएकोले हरेक गतिविधि जनताको हितका निम्ति काम गर्न प्रधानमन्त्रीले सांसदहरुलाई सम्झाएका छन् । ‘जनताले जे कुरा मन पराउँछन् त्यो गर्नुहोस’, उनले भने, ‘जे कुरा मन पराउँदैनन् त्यो गर्दै नगर्नुहोस’ प्रधानमन्त्री ओलीले भने ।

प्रधानमन्त्री ओलीले देश बनाउन सबैले सदुपयोगको सिद्धान्त अपनाउनु पर्ने बताए। ‘अब हरेक मिनेट समय, हरेकको बुद्धि, हरेकको पसिना, हरेक टुक्रा जमिन सदुपयोग गर्नुपर्छ’ प्रधानमन्त्री ओलीले भने, ‘यी सबै कुराको गाम्भीर्यतालाई बुझ्न सकियो भने देश निर्माण हुन समय लाग्दैन ।’

देश भतांभुंग अवस्थामा रहे पनि शून्य अवस्थाबाट सुधार सुरु गरेर छिट्टै देशलाई यसरी समृद्ध बनाउन सकिन्छ देखाउन आफूहरु प्रतिवद्ध रहेको प्रधानमन्त्री ओलीको भनाइ छ ।

कार्यक्रममा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, संघीय समाजवादी फोरम र राष्टिकय जनता पार्टीका प्रतिनिधिसभा, राष्टिकयसभा र प्रदेशसभाका सांसदहरुको उपस्थिती थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.