लोकतन्त्र सुदृढीकरणमा विपक्षीको भूमिका महत्वपूर्ण : देउवा

लोकतन्त्र सुदृढीकरणमा विपक्षीको भूमिका महत्वपूर्ण : देउवा

काठमाडौं : नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्रको सुदृढीकरणका लागि विपक्षी दलको भूमिका महत्वपूर्ण हुने बताए ।संघीय संसद् र प्रदेशसभा सदस्यका लागि कांग्रेसद्वारा बुधबार आयोजित अभिमुखिकरण कार्यक्रममा उनले विपक्षमा रहेको बेला पार्टीको भूमिका सरकारमा हुँदा भन्दा बढी सबल हुनु पर्ने बताए ।

सभापति देउवाले २००७ सालदेखि प्रजातन्त्रका लागि लड्दै आएको कांग्रेस यतिखेर संघीय संसद् र प्रदेशसभामा प्रतिपक्षको भूमिकामा रहेको उल्लेख गर्दै भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास र सुदृढिकरणका लागि अहिले कांग्रेसको काँधमा महत्वपूर्ण चुनौती आएको छ, त्यसको सामना गर्न एकतावद्ध हुँदै अध्ययनशील हुन आवश्यक छ’ ।

संसद्मा विपक्षीले कस्तो मुद्दा उठाए भनेर जनताले हेरिरहने भएकाले अध्ययन गरेर तर्कका साथ प्रस्तुत हुनुपर्ने उनले बताए । त्यसकै आधारमा आगामी निर्वाचनमा जनमत बन्ने समेत उनको भनाइ छ ।’

कार्यक्रममा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद्मा जनताका मुद्दा कसरी उठाउने त्यसका लागि अध्ययनको आवश्यकतापर्ने भन्दै विरोधका लागि विरोध नभइ तर्कका आधारमा जनसवालका मुद्दा उठाउन आग्रह गरे ।


काँग्रेस महामन्त्री डा. शशांक कोइरालाले संसद्मा प्रतिपक्षी दलको भूमिका महत्वपूर्ण हुने बताउँदै गुण र दोषका आधारमा मुद्दा सम्बोधन गर्नुपर्नेमा जोड दिए ।
रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.