प्रधानमन्त्री र बंगलादेशका मन्त्रीबीच भेट, के के कुरा भयो ? 

प्रधानमन्त्री र बंगलादेशका मन्त्रीबीच भेट, के के कुरा भयो ? 

काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीसँग बंगलादेशका नागरिक उडड्यन तथा पर्यटन मन्त्री एकेएम शाहाजहाँ कमालसँग शिष्टाचार भेट गरेका छन् ।

प्रधानमन्त्री ओलीले गत फागुन २८ गते भएको यूएस बंगलाको विमान दुर्घटनालाई दुखद भनेका छन् । मन्त्री कमालले नेपाल सरकारले विमान दुर्घटनापछि घाइतेको उद्धार र उपचारमा देखाएको सक्रियताको प्रशंसा गरेका छन् ।

नेपालको यो सदासयताका लागि बंगालादेशका प्रधानमन्त्री शेख हसिना वाजेजले प्रधानमन्त्री ओलीलाई कृतज्ञतासहित धन्यवाद ज्ञापन गरेकी मन्त्री कमालले जानकारी गराए ।

प्रधानमन्त्री ओलीले विमान दुर्घटनाबाट निधन भएकाहरुको शोकमा परेका बंगलादेशका प्रधानमन्त्री, सरकार र जनतालाई समवेदना सहित सहानुभुति प्रकट गरेका छन् ।

प्रधानमन्त्री ओलीले घटनाको छानविनका लागि सरकारले जाँचबुझ आयोग गठन गरेको जानकारी दिएका छन् । आयोगले प्रतिवेदन बुझाएपछि घटनाको सत्यतथ्य बाहिर आउने प्रधानमन्त्री ओलीले मन्त्री कलामलाई बताएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.