महेन्द्रनगरमा युवतीमाथि निर्घात कुटपिट

महेन्द्रनगरमा युवतीमाथि निर्घात कुटपिट

महेन्द्रनगर : कञ्चनपुरको बनगाउँमा एक युवतीमाथि निर्घात कुटपिट गरिएको छ। भीमदत्त नगरपालिका वडा नम्बर ५ बस्ने २४ वर्षीया सोनी चन्दलाई कुटपिट गरिएको हो। घरमै बसिरहेको समयमा बुधबार बिहान उनीमाथि कुटपिट भएको हो। भीमदत्त नगरपालिका १० गड्डाचौकीका २७ वर्षीय राकेश चन्दले सोनीको घरमै आइ कुटपिट गरेको प्रहरीले जनाएको छ। उनको आँखामा गम्भीर चोट लागेकोछ।

प्रहरीका अनुसार राकेश चन्दले हातका औलाले सोनीको आँखामा घोचेको र उनको अनुहारमा तातो उम्लिएको घिउ समेत फालेका छन्। हातका औलाले आँखा घोचेकाले उनका आँखाहरु सुन्निएका छन्। तातो घिउ अनुहारमा फालेकाले अनुहारको भाग समेत सुन्निएको छ।

सोनीमाथि कुटपिट भए लगत्तै उपचारका लागि महेन्द्रनगरस्थित आँखा अस्पताल ल्याइएको थियो। आँखामा गम्भीर समस्या देखिएकाले अस्पतालले थप उपचारका लागि उनलाई गेटा आँखा अस्पताल पठाएको छ।अस्पतालका अनुसार उनको आँखामा गहिरो चोटका साथै आँखाबाट रगत बगिरहेको छ।

कुटपिट गर्ने राकेश चन्द फरार रहेको र उनको खोजिकार्य भइरहेको कञ्चनपुर प्रहरी प्रवक्ता डीएसपी ज्ञानबहादुर सेट्टीले जानकारी दिए। किन कुटपिट भयो भन्ने बारे प्रहरीले अनुसन्धान गरिरहेको छ। छिमेकीका अनुसार यसअघि पनि ती युवकले उनीमाथि कुटपिट गरेका थिए।

कैलाली घोडाघोडी नगरपालिकामा बोक्सीको आरोपमा किशोरीमाथि निर्घात कुटपिट भएको घटना सेलाउन नपाउँदै कञ्चनपुरमा युवती माथि फेरि कुटपिट भएको छ।

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.