युपीको उपचुनावमा भाजपालाई धक्का, दुवै सिटमा भारी मतले पछाडि

युपीको उपचुनावमा भाजपालाई धक्का, दुवै सिटमा भारी मतले पछाडि

नयाँदिल्ली: भारतको उत्तरप्रदेश राज्यस्थित दुईवटा सिटमा भएको उपचुनामा भारतीय जनता पार्टीलाई धक्का लागेको छ । मुख्मन्त्री योगी आदित्यनाथको गोरखपुर र उपमुख्यमन्त्री केशवप्रसाद मौर्यको फूलपुर लोकसभा सिटमा समाजवादी पार्टीले फराकिलो अग्रता बनाएको छ ।

भोट गणना जारी रहँदा दुवै सिटमा सपाले भाजपालाई भारी मतले पछाडि छाडेको हो । गोरखपुरमा २० औँ चरणको मत गनिसक्दा सपाका प्रवीण निषाद ३,०७,६२७ मतका साथ पहिलो नम्बरमा छन् ।

सपाका प्रवीणलाई पछ्याइरहेका भाजपाका उम्मेदवार उपेन्द्र दत्त शुक्लालाई अहिलेसम्म २,७९,३६९ मत मिलेको छ । यसैबीच लखनउमा विधानसभाका प्रतिपक्षी नेता राम गोविन्द चौधरीले मायावतीसँग भेट गरेका छन् ।

११ मार्चमा दुवै सीटका लागि उपचुनाव भएको थियो । सन् २०१४ मा गोरखपुरबाट भाजपाका योगी आदित्यनाथ लगातार पाँचौ पटक विजयी भएका थिए ।

फूलपुर निर्वाचन क्षेत्रमा पनि पहिलो पटक भाजपाले जितेको थियो । यस उपचुनावमा भाजपालाई रोक्न बहुजन समाजवादी पार्टी (बसपा) ले समाजवादी पार्टी (सपा) उम्मेदवारलाई सघाएको थियो । उता कांग्रेसले पनि दुवै क्षेत्रमा आफ्ना उम्मेदवार उठाएको थियो ।

बुधवार शुरुवातमा गोरखपुरको रुझान भाजपातर्फ देखिएको थियो । यसकारण सपाले मतगणनामा गडबडीको आरोप पनि लगाएको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.