‘केपी र प्रचण्ड’लाई लडाउन खोज्या छन्’

‘केपी र प्रचण्ड’लाई लडाउन खोज्या छन्’

काठमाडौं : बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सरकारलाई समर्थन गर्ने दलका प्रतिनिधिसभा र प्रदेशसभाका संसद् बालुवाटारमा आयोजित जलपानमा सहभागी भए। जलपान कार्यक्रमलाई प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गरे।

बालुवाटारमै जलपान गरेर प्रधानमन्त्री बनेपछि ओलीले प्रतिनिधिसभा र प्रदेशसभका सबै सांसदलाई राखेर विशेष धारणा राखे। उक्त अवसरमा ओलीले माओवादी केन्द्रसँग चाँडै पार्टी एकता हुने बताए।

‘पार्टी एकता समयको माग र जनताको चाहना अनुसार नै चाँडै हुन्छ’, प्रधानमन्त्री ओलीले सांसदलाई सम्बोधन गर्दै भने। उनले पार्टी एकता कम्युनिस्ट पार्टीको स्थापना दिवस अप्रिल २२ (वैशाख ९) अगाडि नै गर्नुपर्नेमा जोड दिए। ओलीले राष्ट्रपति निर्वाचन र प्रधानमन्त्रीलाई विश्वासको मत दिएकोमा सबै सांसदलाई धन्यवाद पनि दिए।

सांसदसँग प्रधानमन्त्री ओलीले न्यायालयमा देखिएको विवादप्रति चिन्ता व्यक्त गरेका छन्। उनले न्यायालय भकभकी उम्लीरहेको र न्यय माग्ने जनता हेरेर बसेको बताए। उनले जिम्मेवार पदमा रहेका व्यक्तिको जन्ममिति र प्रमाणपत्र विवाद हुनु दुःखद् भएको भन्दै चिन्ता व्यक्त गरे। ‘न्यायालय भकभक उम्ली रहेको छ, न्याय पाउँ भन्ने जनता सारा तमासा हरेर बसिरहेका छन्’, ओलीले प्रधानन्यायाधीश गोपाल पराजुलीका विषयमा भइरहेको विवादबारे भने, ‘जिम्मेवार पदमा रहेका व्यक्तिको जन्म मिति र शैक्षिक प्रमाणपत्रबारे विवाद हुनु दुःखद् हो।’

मधेसवादी दलका सांसद समेत सहभागी जलपान कार्यक्रममा ओलीले समयको माग, जनताको चाहना र देशको हितका पक्षमा संविधान संशोधन गर्न आफू तयार रहेको प्रष्ट पारे। ‘संविधान संशोधन हुन्छ’, ओलीले भने, समयको माग, जनताको चाहना र देशको हितका पक्षमा संविधान संशोधन गर्न हामी तयार छौं।’

‘केपी–प्रचण्ड झगडालु मात्र हुन् भन्नेका पछि नलाग्नुहोस्’

जलपानमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने पार्टी एकता भाड्न भइरहेका षड्यन्त्रबारे धेरै समय खर्चिए। प्रचण्डले आजभन्दा ९–१० वर्ष अगाडि एमाले र माओवादीबीच भएका मतभेदका विषयमा दिएका अभिव्यक्तिलाई अहिले सामाजिक सञ्जालमा सार्वजनिक गरेर पार्टी एकताविरुद्ध केही तत्वले षड्यन्त्र गरेको आरोप लगाए।

पूर्वमाओवादी नेताले यसअघि प्रचण्डले ओलीलाई गाली गरेका र ओलीले प्रचण्डलाई गाली गरेका अडियो जोडेर सामाजिक सञ्जाल फेसबुकमा भाइरल बनाएकोप्रति प्रचण्डले आक्रोश व्यक्त गरेका हुन्। ‘दुई पार्टी एकताको अन्तिम चरणमा पुगेपछि ९–१० वर्ष अघिका हाम्रा मतभेद सार्वजनिक गरेर षड्यन्त्र भइराखेको छ’, प्रचण्डको भनाइ उद्धृत गर्दै एमाले सांसद राजेन्द्र पाण्डेले भने, ‘प्रचण्ड र ओली झगडा मात्र गर्छन्, कसरी पार्टी एकता हुन्छ ? भन्ने खालका बहस चलाएर पार्टी एकता विरोधीले षड्यन्त्र गरिराखेका छन् यसबाट हामी सचेत हुनुपर्छ।’

प्रचण्डले समय अनुसार चल्न नसक्ने केही शक्तिहरु एकता भाड्न लागेको भन्दै त्यस्ताका पछाडि नलाग्न आग्रह गरेका हुन्। ‘अहिले हामी नयाँ परिस्थितिमा छौं’, प्रचण्डले भने, ‘पुराना विषय उठाएर लडाउन खोज्नेका पछि नलाग्नुहोस्।’

परिवर्तनकारी शक्ति एमाले र माओवादी मिलेको देखेपछि प्रतिक्रियावादीले विगतका कटुतालाई प्रचार गरेर आफूहरुको एकता भाँड्न खोजे पनि त्यो सफल हुन नसक्ने दाबी उनको छ। प्रचण्डले अब सामाजिक सञ्जालमा अल्झिएर भन्दा पनि सिंगो देशलाई एक ढिक्का बनाएर अघि बढ्ने अभिभारमा आएको प्रष्ट पारे।

प्रधानमन्त्री ओलीले भने पार्टी एकता भाड्न अनेक कोशिस भए पनि त्यसलाई भत्काउन संयमताका साथ अघि बढ्नुपर्ने बताए। ‘यस्ता समस्या चिर्न संयमताका साथ अघि बढ्नुपर्छ’, प्रधानमन्त्री ओलीले भने, ‘यसो भने र उसो भने भनेर तिनिहरुलाई कारबाही गर्दै हिड्ने होइन, काम गरेर तिनिहरुलाई जवाफ दिनुपर्छ।’

जलपानमा एमाले, माओवादीसँगै संघीय समाजवादी फोरम, राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका प्रतिनिधिसभा र प्रदेशसभाका सांसद सहभागी थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.