प्रधानन्यायाधीश गोपाल पराजुलीलाई पदमुक्त भएको पत्र

प्रधानन्यायाधीश गोपाल पराजुलीलाई पदमुक्त भएको पत्र

काठमाडौं : न्याय परिषदका सचिवले प्रधानन्यायाधीश गोपाल पराजुली पदमुक्त भएको जानकारी गराउँदै पत्र पठाएका छन् । न्याय परिषदका सचिव नृपध्वज निरौलाले बुधबार दिउँसो पराजुलीका नाममा एक पत्र पठाउँदै उनी प्रधानन्यायाधीश पदमा नरहेको जानकारी गराएका हुन् ।

न्याय परिषदका सचिव निरौलाले राष्ट्रपति कार्यालय, संवैधानिक परिषद्, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सर्वोच्च अदालत, कानुन मन्त्रालयको नाममा बोधार्थ लेखेर प्रधान न्यायाधीशलाई पदमुक्त गरेको पत्र पठाएका हुन् । सचिव निरौलाले बुझाएको पत्रमा प्रधानन्यायाधीश पराजुली २०७४ साउन २१ गते नै अवकाश भइसकेको उल्लेख गरिएको छ ।

पराजुलीको ६५ वर्षको उमेर २०७४ साउन २१ मा नै पुरा भइसकेको दाबी गरिएको भन्दै पत्रमा सचिवस्तरीय निर्णयबाट पराजुली पदमा नरहने जानकारी गराइएको छ ।

न्याय परिषद्का सचिवले लेखेको पत्रमा उमेरका आधारमा पराजुलीले अवकास पाइसकेको उल्लेख गरिएको छ । ‘न्याय परिषद् ऐन, २०७३ को दफा ३१ मा कुनै न्यायाधीश उमेरका कारणले अवकास हुने भएमा सो को जानकारी सम्बन्धित न्यायाधीश र निकायलाई गराउनु पर्नेछ भन्ने प्रावधान रहेको सन्दर्भमा सम्माननीय महोदयको यस न्याय परिषद सचिवालयमा रहेको नागरिकता, शैक्षिक योग्यता, सिटरोल विवरण तथा परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरबाट आजै मिति २०७४/११/३० को च न ४२४/०७४/७५ को प्राप्त पत्र समेतका आधारमा उपरोक्त ऐनको दफा ३१ को उपदफा (७) बमोजिम समेत सम्माननीय महोदयको ६५ वर्षको उमेर २०७४/४/२१ मा नै पूरा भइसकेको देखिन आएकोले आज मिति २०७४/११ /३० को सचिवस्तरीय निर्णयानुसार सम्माननीय महोदय पदमा नरहनु भएको जानकारी गराउँदछु ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.