मण्डल बने माओवादी संसदीय दलको नेता
काठमाडौं : रामचन्द्र मण्डल नेकपा (माओवादी) केन्द्र प्रदेश नम्बर २ को संसदीय दलको नेतामा निर्वाचित भएका छन्। बुधबार भएको संसदीय दलको निर्वाचनमा प्रतिस्पर्धी भरत साहलाई पराजित गर्दै उनी संसदीय दलको नेतामा निर्वाचित भएका हुन्। मण्डल धनुषा र साह महोत्तरीबाट प्रदेश सभामा विजयी भएका थिए।
लामो समय शिक्षण पेशामा आबद्ध भएकाले माष्टर साहेब नामले समेत परिचित मण्डल धनुषा क्षेत्र नं।१ ९ख० बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए।
बुधबार भएको निर्वाचनमा ७ मत प्राप्त गर्दै मण्डल संसदीय दलको नेतामा निर्वाचित भएका थिए भने उनका प्रतिस्पर्धी साहले ४ मत प्राप्त गरेका थिए।