वाईसीएल केन्द्रीय समिति बैठक सम्पन्न

वाईसीएल केन्द्रीय समिति बैठक सम्पन्न

काठमाडौं : माओवादी केन्द्रको युवा संगठन योङ्ग कम्युनिष्ट लिग (वाईसीएल) नेपालको केन्द्रीय समितिको बैठक सम्पन्न भएको छ।

संगठनको कार्यालय पेरिसडाँडामा भएको बैठकले युवा संघ नेपालसँगको सांगठानिक एकताबारे आवश्यक निर्णय गर्ने अधिकार संगठनको केन्द्रीय कार्यालयलाई दिएको छ।

बैठकमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता हुने भएपछि दुबै पार्टीका युवा संगठनबीच एकताको आधार तयार गर्न आन्तरिक छलफल हुने वाइसीएल, नेपालका अध्यक्ष दीपशिखाले जानकारी दिए। एमाले र माओवादी केन्द्रले वैशाख पहिलो साता पार्टी एकता गर्ने बताएका छन्।

बैठकमा प्रदेश, जिल्ला र तल्ला तहसम्मको संगठनको अवस्था, समस्या, सम्भावना र चुनौतिका विषयमा प्रत्येक प्रदेश बाट प्रदेश प्रमुख हरुले आ-आफ्नो प्रदेशको रिपोटिङ गरेका थिए।

बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेता नारायणकाजी श्रेष्ठ , नेता मणि थापा लगायतको उपस्तिथी रहेको थियो। बैठकले आगामी कार्ययोजना पनि तय गरेको वाईसीएलका प्रचार विभाग प्रमुख पुष्प ओलीले जानकारी दिए। उनका अनुसार बुधबारको बैठकले केन्द्रीय समितिको कार्यविभाजन तथा पदपूर्ति समेत गर्नेछ।

बैठकले आन्तरिक धारणा निर्माण गरेपछि युवा संघ नेपालसँगको एकताबारे छलफल थालिने वाइसीएल केन्द्रीय कार्यालयले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.