चैत ९ मा उपराष्ट्रपतिको निर्वाचन

चैत ९ मा उपराष्ट्रपतिको निर्वाचन

काठमाडौं : निर्वाचन आयोगले उपराष्ट्रपतिको निर्वाचन चैत ९ गते गर्ने निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ। बुधबार प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको अध्यक्षतामा बसेको आयोग बैठकले निर्वाचनको मिति तय गरेको हो।

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा ५ (२) मा राष्ट्रपतिको निर्वाचन भएर परिणाम घोषणा भएको ७ दिनभित्र आयोगले निर्वाचनको मिति तोक्ने व्यवस्थाअनुसार कार्यतालिका सार्वजनिक गरेको हो। राष्ट्रपति चुनाव भएको एक दिनपछि आयोगले उपराष्ट्रपतिको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो।

संविधानको धारा ७० एवं राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा १६ को उपदफा ५ बमोजिम उपराष्ट्रपतिको उम्मेदवार मनोनयन गर्दा राष्ट्रपति पदमा निर्वाचित व्यक्ति जुन लिंग वा समुदायको हो सोभन्दा फरक लिंग वा समुदायको व्यक्ति हुनुपर्ने स्पष्ट व्यवस्था छ। निर्वाचनबाट राष्ट्रपतिमा खस आर्य समुदायबाट विद्यादेवी भण्डारी निर्वाचित भएकाले उपराष्ट्रपतिमा फरक लिंग वा समुदायका व्यक्तिको मनोनयनपत्र मात्र दर्ता गराउनु पर्नेछ। वाम गठबन्धनको भागबन्डाअनुसार उपराष्ट्रपति माओवादी केन्द्रको भागमा परेकाले वर्तमान उपराष्ट्रपति नन्दबहादुर पुनले उम्मेदवारी दिने भएका छन्।

आयोगको निर्वाचन कार्यक्रमअनुसार चैत १ गते मतदाता नामावली प्रकाशन, चैत ३ गते उम्मेदवारी दर्ता, चैत ४ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चैत ९ गते शुक्रबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ। उपराष्ट्रपति निर्वाचनमा संघीय संसद्, प्रदेशसभा र राष्ट्रियसभाका सांसदले मतदान गर्न पाउनेछन्। मतदान भने अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमै हुने भएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.