काठमाडौंमा विमान दुर्घटना : बंगलादेशमा राष्ट्रिय शोक
ढाका : बंगलादेश सरकारले बंगलादेशी विमान सेवा युएस बंगलाको विमान दुर्घटनामा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै राष्ट्रिय शोक घोषणा गरेको छ।
सरकारले बुधबार यस्तो शोकको घोषणा गरेको हो। बुधबार आकस्मिक रूपमा बसेको बंगलादेशको मन्त्रिपरिषद्को बैठकले बिहीबारका लागि शोकको घोषणा गरेको हो। बिहीबारका लागि राष्ट्रिय शोक घोषणा गरिएको र त्यस दिन उक्त दुर्घटनामा परी ज्यान गुमाउनेहरूप्रति विभिन्न मन्दिर, चर्च, मस्जिदमा शान्तिको लागि प्रार्थना गरिनेछ।
साथै त्यस दिनका लागि राष्ट्रिय बिदा दिइने छ। बंगलादेशको राजधानी ढाकाबाट आएको उक्त विमान गत सोमबार अपराह्न काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त हुँदा ५१ जनाको ज्यान गएको थियो। उक्त विमानमा चालक दलका सदस्यसहित ७१ जना सवार थिए।