संकटमा सधैं रगत अभाव

संकटमा सधैं रगत अभाव

काठमाडौं : ठूला दुर्घटना र विपत्तिका बेला राजधानीमा रगत अभाव हुने गरेको छ। माग भन्दा रगतको संकलन कम हुँदा संकटका बेला रगत अभाव हुने गरेको हो। विमान तथा सवारी दुर्घटनामा सबैभन्दा बढी रगतको समस्या हुने गर्दछ। रगत संकलन गरी वितरण गर्दै आएको नेपाल रेडक्रस सोसाइटी, केन्द्रीय रक्तसञ्चार सेवा (ब्लड बैंक) लाई रगतको माग धान्न मुस्किल परेको छ। ब्लड बैकका डा. प्रकाश यादवले रगत पु¥याउनै मुस्किल भएको बताए।

माग भन्दा खपतको अनुपात धेरै रहेकोले रगतको अभाव हुने गरेको उनको भनाइ छ। डा.यादव आपकालीन अवस्थामा अझ धेरै समस्या हुने गरेको बताउँछन्। उनी भन्छन्, ‘समस्या त सधैं नै हुन्छ तर ठूला दुर्घटनामा अझै धेरै समस्या हुन्छ।’ ‘फ्रेस ब्लड’ र ‘कम्पोनेन्ट’ बढी अभाव हुने गरेको डा.यादवको अनुभव छ।

सर्जिकल, सुत्केरी, क्यान्सर र मुटु रोगीलाई बढी मात्रामा रगत आवश्यक पर्छ। डा.यादवका अनुसार काठमाडौंमा मात्रै दिनहुँ ४ सयदेखि ४५० यूनिटसम्म रगत खपत हुन्छ। तर संकलन भने ५० यूनिट पनि हुँदैन।

सन् २०१६÷०१७ मा नेपालमा २ लाख ३६ हजार ७९९ युनिट रगत संकलन भएको थियो। जसमा ३ लाख ३७ हजार ३२१ यूनिट रगतको माग थियो। त्यो बेला करिब एक लाख यूनिट रगतको अपुग भएको थियो। व्यक्तिगत पहलमा रक्तदान गरेर रगतको अभाव पुरा गरिने गरिएको डा.यादव बताउँछन्।

विदाको दिन तथा शनिबार बढी रगत संकलन हुने गरेको छ। नियमित क्यालेन्डर बनाएर रगत रक्तदानको व्यवस्था नगरेमा अभाव अझै बढ्दै जाने डा. यादव बताउँछन्।

सीमित संघसस्था बाहेक अधिकांशले आवश्यकताको आधारमा भन्दा आफ्नो प्रचारप्रसारका लागि रक्तदान कार्यक्रम गर्ने गरेको डा.यादव बताउँछन्। पशुपति मारवाडी सेवा संघले प्रत्येक शुक्रबार र शनिबार भुगोल पार्कमा रक्तदान गर्दै आएको छ।

रेडक्रस सोसाइटी चावहिल शाखाले प्रत्येक आइतबार र गणेशमानसिंह अध्ययन प्रतिष्ठानले प्रत्येक शनिबार नियमित शिविर सञ्चालन गर्ने गरेको छ। १२ सय संघ संस्थामार्फत संकलित रगतनै रेडक्रसको मुख्य स्रोत हो। डा.यादव प्रत्येक तीन÷तीन महिनामा स्वस्थ्य नागरिकले रक्तदान गरेमा रगत समस्या समाधान हुने बताउँछन्।

‘कतिपयले स्वेच्छाले दिएका छन्, कति शिविर कुरेर बस्छन्, प्रत्येक नागरिक ३÷३ महिना दिने हो रगत सहज हुन्थ्यो’, डा.यादव भन्छन्। क्यालेन्डर नै बनाएर नियमित रगत संकलन नभएमा सधैं समस्या भइरहने डा.यादवको अनुभव छ।

मनपरी मूल्य

रेडक्रसले परीक्षण शुल्क मात्र लिएर रगत लिइरहेको अवस्थामा सरकारले अन्य अस्पताल पनि रगत संकलनको अधिकार दिएको छ। अन्य अस्पताललाई रगत संकलन गर्ने अधिकार दिएपछि जथाभावी मूल्य तोकेर रगत बिक्री भइरहेको छ। ब्लड बैंकले परीक्षण शुल्कका रुपमा एक पोका (प्रिन्ट) रगतको ५२५ रुपैयाँ लिँदै आएको छ।


– दैनिक खपत ४५० युनिट
– संकलन ५० युनिट

– ब्लड बैंकलाई रगतको चाप धान्नै मुस्किल

सहिद गंगालाल हृदय रोग केन्द्रले २ हजार २ सय, त्रिवि शिक्षण अस्पताल महाराजगन्जले १ हजार ८ सय, ग्राण्डी अस्पतालले १ हजार ४ सय रुपैयाँ लिने गरेको छ।

अस्पतालमै रगत अन्य अस्पतालको ब्लड बैंकको भन्दा धेरै मूल्य हुने गरेको छ। अन्य अस्पतालले जथाभावी मूल्य लिन थालेपछि रेडक्रस समेत परीक्षण शुल्क बढाउनु पर्ने बाध्यता आउन सक्ने डा. यादव बताउँछन्।

उनले ब्लड बैंकलाई खर्च धान्न समेत मुस्किल भइरहेको बताए। ‘खर्च धान्नै मस्किल छ, अरुले जथाभावी मूल्य लिन थालेपछि रेडक्रसमा पनि परीक्षण शुल्क बढाउने कुरा आएको छ’, यादव भन्छन्, ‘अरु पोजेक्ट चलाएर धान्न परिरहेको छ।’

डा.यादव रगत संकलनको अधिकार अन्य अस्पताललाई समेत लिएका मूल्यमा मात्र नभई गुणस्तरीयतामा समेत समस्या हुने बताउँछन्।

नेगेटिभ रगत पाउनै मुस्किल

चार प्रकारका रगतका समूहमध्ये ‘ओ’ र ‘ए’ सहज रुपमा पाउन सकिन्छ भने ‘बी’ र ‘एबी’ कम मात्रमा पाइन्छ। त्यसमा नेगेटिभ रगत कमै पाइन्छ। ब्लड बैंकको तथ्यांक अनुसार देशभर तीन प्रतिशत मात्रै नेगेटिभ रगत पाइन्छ, काठमाडौंमा २.९० प्रतिशत मात्रै नेगेटिभ रगत छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.