डोल्पाको करोपगाड पुग्यो गाडी

डोल्पाको करोपगाड पुग्यो गाडी

दुनै : हिमाली जिल्ला डोल्पाको करोपगाडसम्म यातायात सञ्चालनमा ल्याइएको छ। त्रिपुरासुन्दरी नगरपालिका–५ मा पर्ने करोपगाडसम्म जाजरकोटबाट यातायात सञ्चालनमा ल्याइएको हो।

सेनाले जिम्मा लिएको जाजरकोट–डोल्पा सडकखण्डअन्तर्गत त्रिवेणी बजारदेखि करोपगाडसम्मको पाँच किमि सडकखण्ड निर्माण गरेर यातायात सञ्चालनमा ल्याइएको हो। डोल्पालीले यातायात नहुँदा खेप्नुपर्ने समस्यालाई दृष्टिगत गरी त्रिवेणी–करोपगाड खण्डमा आन्तरिक यातायातका रूपमा जिप, ट्र्याक्टरलगायत हलुका यातायातका साधन सञ्चालनमा ल्याइएको सेनाले जानकारी दिएको छ।

जाजरकोट–डोल्पा सडकखण्डको एक सय १७ दशमलव ७ किमि सडकखण्डमध्ये एक सय १४ दशमलव ७ किमि सडक निर्माण सम्पन्न भइसकेकोे छ। सदरमुकाम दुनैसम्म राष्ट्रिय सडक सञ्जालमा जोडिन तीन किमि मात्रै बाँकी रहेको जाजरकोट–डोल्पा सडकखण्डका कार्यदल प्रमुख कर्णेल विश्वबन्धु पहाडीले बताए। ‘बाँकी तीन किमि सडकखण्ड चट्टानै चट्टान भएकाले चुनौतीपूर्ण छ’, उनले भने, ‘थुप्रै चुनौती हुँदाहुँदै पनि निर्माण कार्यमा सेना अहोरात्र खटिएको छ।’ ०७५ दसैंसम्ममा डोल्पा दुनैसम्म ट्र्याक खुलाएर डोल्पाली जनताको वर्षौंदेखिको सडक सपना साकार पार्ने लक्ष्यअनुरूप सेना अघि बढिरहेको उनको भनाइ छ।

करोपगाडसम्म गाडी पुगेसँगै डोल्पालीको जिल्लाबाहिरको यात्रासमेत छोटिएको छ। सडक पुगेपछि पैदल हिँडेर जाँदा चार दिन लाग्ने नेपालगन्ज, सुर्खेतको यात्रा दुई दिनमा झरेको त्रिपुरासुन्दरी नगरपालिका–१ का स्थानीय कृष्णचन्द्र पाण्डेले बताए।

अहिले श्रीविन्डे–खदाङ तीन किमि सडकखण्डमा काम भइरहेको छ। यस खण्डको बीचमा चिप्ले, फोई, फूलपानी, चुँ गाडलगायतका चट्टानयुक्त भीरपहरा फुटाउन सेनाले विभिन्न ठाउँमा निर्माण बेस खडा गरेर तीव्र रूपमा काम अघि बढाएको छ।

करोपगाडसम्म गाडी पुगेसँगै डोल्पालीको जिल्लाबाहिरको यात्रासमेत छोटिएको छ।

खदाङसम्मको बाटो निर्माण पूरा भइसके पनि केन्द्रबाट उच्चपदस्थ व्यक्तिको आगमनको समय नमिलेकाले खदाङसम्मको सडक उद्घाटनमा ढिलाइ भएको छ। ‘दुई साताभित्रै खदाङसम्म सडक उद्घाटन गरेर यातायात सञ्चालनमा ल्याउने तयारी गर्दै छौँ’, पहाडीले भने। जाजरकोट–डोल्पा सडकखण्डको जिरो पोइन्ट पासगाडदेखि श्रीविन्डे बजारसम्मको ९० किमि सडक निर्माण पूरा भइसकेको सेनाले जानकारी दिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.