आतंकवादी गतिविधिका लागि नेपाली भूमि प्रयोग हुन दिन्नौँ : अर्थमन्त्री खतिवडा

आतंकवादी गतिविधिका लागि नेपाली भूमि प्रयोग हुन दिन्नौँ : अर्थमन्त्री खतिवडा

नयाँ दिल्ली : अर्थमन्त्री डा. युवराज खतिवडाले आतंकवादी गतिविधिका लागि नेपाली भूमि दोहन हुन नदिने नेपाल सरकारको नीति रहेको प्रष्ट पारेका छन्। भारतको हरियाणा राज्यको गुरुग्राममा आयोजित ‘प्रतिआतंकवाद सम्मेलन २०१८’ लाई सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले नेपालको सीमा वा त्यस भन्दा बाहिर कुनै पनि आतंकवादी समूहलाई नेपाली भूमिको दोहन गर्न नदिने बताएका हुन्।

अर्थमन्त्री खतिवडाले भने, 'संयुक्त राष्ट्र संघ, सार्क तथा बिमस्टेक सदस्य नेपालले प्रतिआतंकवादको समर्थनमा विभिन्न अन्तराष्ट्रिय तथा क्षेत्रीय सन्धि सम्झौतामा हस्ताक्षर गरेको र त्यसलाई लागू पनि गर्दै आएको छ।’

भारत प्रशासित काश्मिरको उरीमा भएको आतंकवादी हमलापछि भारत र पाकिस्तानको सम्बन्धमा आएको तनावले सार्कको अस्तित्वमा प्रश्न उठेको छ। काठमाडौंमा सम्पन्न १८ औं शिखर सम्मेलनपछि पाकिस्तानमा तय भएको उन्नाइसौं शिखर सम्मेलन हालसम्म हुन सकेको छैन।

उरीमा भएको आक्रमणमा पाकिस्तानको संलग्नता देखाउँदै भारतले २०७३ मंसिरमा पाकिस्तानमा हुने भनिएको सार्क बैठकमा सहभागी हुन अस्वीकार गरेको थियो। अफगानिस्तान, भुटान र बंगलादेशले पनि भारतलाई समर्थन गर्दै बैठकमा सहभागी नहुने अडान लिएपछि बैठक स्थगित भएको थियो।

नेपाल सार्कको अध्यक्ष राष्ट्र र पाकिस्तान उन्नाइसौं शिखर सम्मेलनको आयोजक राष्ट्र रहेको छ। उन्नाइसौँ सार्क सम्मेलन गराउन पहल गर्न नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई पाकिस्तानका प्रधानमन्त्री सहिद खकान अब्बासीले भर्खरै गरेको नेपाल भ्रमणमा आग्रह समेत गरेका छन्।

सार्कको अस्तित्वमा प्रश्न उठिरहेका बेला अर्थमन्त्री खतिवडाले क्षेत्रीय आतंकवादविरुद्ध नेपालले उल्लेखनीय भूमिका खेलेको बताए। आतंकवाद विरुद्ध गरिएको सामूहिक प्रयासलाई समर्थन गर्ने सन्दर्भमा काठमाडौंमा सम्पन्न तेश्रो सार्क सम्मेलन उपलब्धिमुलक भएको उनले स्मरण गरे। आतंकवादसँग जुधिरहेका विश्वका विभिन्न मुलुकका सहभागीहरूलाई सम्बोधन गर्दै उनले भने, ‘आतंकवादको दमनमा सार्क नामाकरण गरिएको काठमाडौंमा सम्पन्न तेश्रो सम्मेलनमा आतंकवाद विरुद्ध एकजुट हुने पहिलो क्षेत्रीय सामूहिक प्रयासलाई समर्थन गर्ने सन्धिको ढाँचा बनाउन नेपालको उल्लेखनीय भूमिका रहेको थियो।’ उनले बिमस्टेकलाई आतंकवाद विरुद्ध एकजुट भएर काम गर्न बिमस्टेक अर्को महत्वपूर्ण क्षेत्रीय प्लेटफार्म रहेको उल्लेख गरे।

नेपालको राष्ट्रिय क्षमता तथा आतंकवाद विरुद्धको तयारीका बारेमा विश्व समुदायलाई जानकारी गराउँदै अर्थमन्त्री खतिवडाले भने, 'हामीले सुरक्षाको पूर्वाधार बिस्तार गरेका छौं, प्रशिक्षित सुरक्षाकर्मीहरू बढाइएको छ, आतंकवादको रोकथामका लागि आपतकालीन अवस्थामा सुरक्षाको माग पुरा गर्न तयार रहनेछ। सुरक्षा प्रविधिको नयाँ ढाँचामा अपडेट गरेका छौँ, तिनीहरूलाइई आवश्यक अन्तराष्ट्रिय प्रदर्शन प्रदान गर्ने प्रयास गरेका छौँ।’

आतंकवादको वित्तपोषणमा अन्तराष्ट्रिय दायित्वहरूलाई पालना गरिरहेको भन्दै अर्थमन्त्रीले भने, 'हामीले शंकास्पद धनको शोधन, आतंकवादी गतिविधिको वित्तीय जानकारी तथा अनुसन्धान गर्नका लागि वित्तीय अनुसन्धान इकाइ स्थापना गरेका छौँ, सम्पत्ति शुद्धीकरण अधिनियम अन्तर्गत केन्द्रीय वित्तीय अनुसन्धान इकाइ तथा एण्टी मनी लन्ड्रिङ संस्था बनाएका छौं।'

‘आतंकवादी कसैको पनि मित्र हुन सक्दैन। जबसम्म आतंकवाद रहन्छ, अन्तराष्ट्रिय विकासको लक्ष्य पूरा गर्ने सपना टाढा रहनेछ', मानवताको साझा खतराको रुपमा आतंकवादलाई परिभाषित गर्दै खतिवडाले भने, 'विश्वबाटै आतंकवादको जरो उखेल्नका लागि हामीले कसरी साझा लक्ष्य तयार पार्छौं र त्यसलाई कसरी लागू गर्छौं, हाम्रो भविष्य त्यसमा निर्भर गर्छ।’

तीन दिने सम्मेलनको उदघाटन सत्रमा मुख्य वक्ताको रुपमा अर्थमन्त्री खतिवडा सहभागी भएका थिए। उद्घाटन सत्रमा भारतका गृहमन्त्री राजनाथ सिंह तथा हरियाणा राज्यका मुख्यमन्त्री मनोहरलाल खट्टर पनि सहभागी थिए। वाम गठबन्धनको सरकारका तर्फबाट भारत आएका उनी पहिलो मन्त्री हुन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.