आफन्तको कुटपिटबाट एक मृत्यु

 आफन्तको कुटपिटबाट एक मृत्यु

वीरगन्ज :  बाराको प्रसौनी गाँउपालिका वडा नम्बर १ मा आफनै आफन्तको कुटपिटबाट एक जनाको मृत्यु भएको छ । स्थानीय ५५ वर्षीय गणपत राउत पटेलको आफन्तको कुटपिटबाट मृत्यु भएको हो । जग्गाको विषयमा पहिलेदेखि नै चल्दै आएको विवादलाई लिएर बिहीबार झगडा हुँदा गणपतका काका पट्टीका छोरा प्रमोद पटेल र प्रमोदका बहिनी ज्वाँइ विनोद पटेलले कुटपिट गर्दा गणपतको मृत्यु भएको हो ।

कुटपिटबाट गम्भीर घाइते भएका गणपतको वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचारका क्रममा बिहीबार बिहान साढे आठ बजे मृत्यु भएको बाराका प्रहरी नायव उपरीक्षक भुवनेश्वर साहले बताए ।

कुटपिटमा संलग्न मध्येका प्रमोद र विनोदलाई प्रहरीले पक्राउ गरिसकेको भन्दै प्रहरी नायव उपरीक्षक साहले भने,‘ कुटपिटमा संलग्न अन्य व्याक्तिहरुको पनि खोजी भइरहेको छ, घटनाका बारेमा पनि थप अनुसन्धान भइरहेको छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.