बाबुरामजीले ब्लन्डर गर्नुभयो, पश्चाताप गरेर फर्किनुपर्छ : प्रचण्ड

बाबुरामजीले ब्लन्डर गर्नुभयो, पश्चाताप गरेर फर्किनुपर्छ : प्रचण्ड

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टलाईले ठूलो गल्ती गरेको टिप्पणी गर्दै पुनः पार्टीमा फर्कनुपर्ने बताएका छन्। बिहीबार पार्टी मुख्यालय पेरिसडाँडामा नयाँ शक्तिका १९ नेता/कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै प्रचण्डले माओवादी छोडेर डा. भट्टराईले 'ब्लन्डर' गरेको दावी गरे।

'मैले भनेको भन्यै छु- बाबुरामजीहरूसमेत यहीँ जोडिन आउनुपर्छ नत्र कुनै भविष्य हुँदैन', प्रचण्डले भने, 'धेरै ठूलो भूल गर्नुभएको छ, ब्लन्डर गर्नुभएको छ।' बाबुरामले पश्चाताप गरी पार्टीमा फर्कनुपर्ने टिप्पणी उनले गरे।

'उहाँले पश्चाताप गरेर फर्कनुपर्ने हुन्छ। र, मात्रै उहाँलाई माथि जाने बेलामा आन्नदसँग जान पाइन्छ', प्रचण्डले भने, 'नत्र (उहाँलाई) पोलेको पोल्यै हुन्छ, उहाँलाई दुःख हुन्छ भन्ने चिन्ता हामीलाई छ।'

फागुन २२ गते नयाँ शक्ति नेपालका नेता खिमलाल भट्टराईसहितका नेता कार्यकर्ता माओवादी केन्द्र प्रवेश गरेका थिए। 

संविधान घोषणा (२०७२ असोज ३) भएको एक साता नबित्दै असोज ९ गते भट्टराईले तत्कालीन एकीकृत माओवादी परित्याग गरेका थिए। २०७३ जेठ ३० मा उनको नेतृत्वमा नयाँ शक्ति नेपाल पार्टी घोषणा भएको थियो। त्यसयता नयाँ शक्तिका कयौँ नेता/कार्यकर्ताले उक्त पार्टी छोडेका छन्। 

यता प्रचण्ड अध्यक्ष रहेको नेकपा माओवादी केन्द्र भने सत्तासाझेदार नेकपा एमालेसँग एकताको अन्तिम तयारीमा छ। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.