च्याम्पियन्स लिगमा मेसीको सयौँ गोल

च्याम्पियन्स लिगमा मेसीको सयौँ गोल

काठमाडौँः बार्सिलोनका अर्जेन्टाइन स्ट्राइकर लियोनल मेसीले युरोपियन च्याम्पियन्स लिगमा सयौँ गोल गरेका छन् । चेल्सीविरुद्ध बिहीबार बिहान भएको खेलमा मेसीले तेस्रो मिनेटमै च्याम्पियन्स लिगमा व्यक्तिग ९९ सयौँ गोल गरेका थिए । त्यसपछि उनले खेलको ६४ औँ मिनेटमा पनि गोल गर्दै च्याम्पियन्स लिगमा गोल संख्या एक सय पुर्याएका हुन् ।

च्याम्पियन्स लिगको अन्तिम आठमा स्थान बनाउन भएको दोस्रो लेगको खेलमा मेसीले बार्सिलोनाका लागि अर्को गोलको पनि अवसर दिलाए । उनले खेलको २० औँ मिनेटमा डेम्बेलका लागि गोलको अवसर मिलाइदिएका हुन् । बार्सिलोनाका लागि डेम्बेलेको पनि यो पहिलो गोल हो ।

मेसीले उत्कृष्ट २ गोल गरेसँगै बार्सिलोनाले दोस्रो लेगमा ३–० को जित दर्ता गर्यो । बार्सिलोनाले मेसीको गोलमा पहिलो लेगमा चेल्सीसँग १–१ गोलको बराबरी खेलेको थियो ।

समग्रमा ४–१ को सहज जित निकाल्दै बार्सिलोनाले च्याम्पियन्स लिगको क्वार्टफाइनलमा स्थान बनायो । अब च्याम्पियन्स लिगको यो सिजन खेल्ने म्यानचेस्टर सिटी र लिभरपुल मात्रै बाँकी रहेका छन् । यसअघि टोटनह्याम र म्यानचेस्टर युनाइटेड अन्मित १६ बाटै बाहिरिइसकेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.