प्रधानन्यायाधीश पराजुलीले राष्ट्रपतिलाई किन भेटे ?
काठमाडौं : बुधबार पदमुक्त गरिएका प्रधान न्यायाधीश गोपालप्रसाद पराजुलीले राष्ट्रपतिसमक्ष भेटवार्ता गरेका छन्। पराजुलीले बिहीबार बिहान शीतल निवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसँग न्यायालयमा देखिएको पछिल्लो विवाद सम्बन्धमा छलफल गरेका छन् ।
शीतल निवासस्रोतका अनुसार राष्ट्रपतिसँगको भेटमा प्रधानन्यायाधीश पराजुलीले सर्वोच्चको विवादमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल भएको छ । राष्ट्रपतिसँग छलफलपछि पराजुली शीतल निवासबाट बाहिरिएका छन् ।
राष्ट्रपतिसँग पराजुलीले राजीनामा दिने संकेत गरेका छन् । त्यसअघि बुधबार न्यायपरिषदले आफुलाई पदमा नरहेको भनेर दिएको पत्र खारेज गर्नु पर्ने पराजुलीको अडान छ ।यो विषय प्रधानमन्त्री ओली समेत सकारात्मक रहेको उच्च स्रोतले जनाएको छ ।